File Photo
नेपालगन्ज १९ चैत्र : बाँकेको खजुरा गाउँपालिकामा श्रीमानश्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेकाछन् । खजुरा गाउँपालिका वडा नम्बर–३ बी गाउँ स्थित एक घरमा घाँटी रेटिएको अवस्थामा श्रीमानश्रीमति फेला परेका हुन् ।
यसअघि बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, विर्ता गाउँमा अन्दाजी २२ वर्षीय युवक मोहम्मद अरबी खाँको हत्या गरिएको अवस्थामा आईतबार विहान १० बजेतिर शव फेला परेको थियो ।
खाँको हत्या भएको भोलिपल्ट खजुर गाउँपालिकाको बी गाउँका श्रीमान महेन्द्र रावत र रिता सिंह ठकुरीको घाँटी रेटिएर रगताम्य भएको अवस्थामा प्रहरीले उद्धार गरेको छ । महेन्द्र २९ वर्षका र रिता २७ वर्षकी हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीका अनुसार स्थानीयले श्रीमानश्रीमती भित्रबाट कोठाको चुक्कुल लगाएर लडाईँ झगडा गरिरहेकाछन् भन्ने खबर गरेका थिए ।
सोमार दिउँसो सवा एक बजे खबर पाए लगत्तै धनौली प्रहरीको टोलीले उक्त कोठाको ढोका फुटाएर गम्भीर घाईते अवस्थामा रहेका महेन्द्र र रितालाई उद्धार गरेर अस्पताल ल्याइपु¥याएको हो ।
डिएसपी डाँगीका अनुसार घाईते भएका नवदम्पत्तीलाई उद्धार गरि नेपालगन्ज मेडिकल कलेज नर्सिङ्गहोममा उपचार भइरहेकोछ । उनीहरुको अवस्था गम्भीर रहेको बताउँदै डिएसपी डाँगीले अगाडी थपे–‘ढोका फुटाएर उद्धार गर्नेक्रममा उक्त कोठामा महेन्द्र र रिता रगताम्य भएर लडिरहेका थिए ।’
घाँटी नै काटिने गरि गम्भीर घाईते दुवै श्रीमानश्रीमती कसरी भए भन्ने विषयमा अनुसन्धान प्रहरीले अगाडी बढाएकोछ ।
नेपालगन्ज २१ का पूर्व वडाअध्यक्ष रञ्जितका नातीको घाँटी रेटेर हत्या
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?