खजुराको बी गाउँमा श्रीमानश्रीमती घाँटी रेटिएको अवस्थामा फेला


सेतोखरी सेतोखरी   सोमबार, चैत १९, २०८०
खजुराको बी गाउँमा श्रीमानश्रीमती घाँटी रेटिएको अवस्थामा फेला

File Photo

नेपालगन्ज १९ चैत्र : बाँकेको खजुरा गाउँपालिकामा श्रीमानश्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेकाछन् ।  खजुरा गाउँपालिका वडा नम्बर–३ बी गाउँ स्थित एक घरमा घाँटी रेटिएको अवस्थामा श्रीमानश्रीमति फेला परेका हुन् ।

यसअघि बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, विर्ता गाउँमा अन्दाजी २२ वर्षीय युवक मोहम्मद अरबी खाँको हत्या गरिएको अवस्थामा आईतबार विहान १० बजेतिर शव फेला परेको थियो । 

खाँको हत्या भएको भोलिपल्ट खजुर गाउँपालिकाको बी गाउँका श्रीमान महेन्द्र रावत र रिता सिंह ठकुरीको घाँटी रेटिएर रगताम्य भएको अवस्थामा प्रहरीले उद्धार गरेको छ । महेन्द्र २९ वर्षका र रिता २७ वर्षकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीका अनुसार स्थानीयले श्रीमानश्रीमती भित्रबाट कोठाको चुक्कुल लगाएर लडाईँ झगडा गरिरहेकाछन् भन्ने खबर गरेका थिए । 

Kids Festival 2022
kanti aarogya hospital

सोमार दिउँसो सवा एक बजे खबर पाए लगत्तै धनौली प्रहरीको टोलीले उक्त कोठाको ढोका फुटाएर गम्भीर घाईते अवस्थामा रहेका महेन्द्र र रितालाई उद्धार गरेर अस्पताल ल्याइपु¥याएको हो । 

डिएसपी डाँगीका अनुसार घाईते भएका नवदम्पत्तीलाई उद्धार गरि नेपालगन्ज मेडिकल कलेज नर्सिङ्गहोममा उपचार भइरहेकोछ । उनीहरुको अवस्था गम्भीर रहेको बताउँदै डिएसपी डाँगीले अगाडी थपे–‘ढोका फुटाएर उद्धार गर्नेक्रममा उक्त कोठामा महेन्द्र र रिता रगताम्य भएर लडिरहेका थिए ।’

घाँटी नै काटिने गरि गम्भीर घाईते दुवै श्रीमानश्रीमती कसरी भए भन्ने विषयमा अनुसन्धान प्रहरीले अगाडी बढाएकोछ ।

नेपालगन्ज २१ का पूर्व वडाअध्यक्ष रञ्जितका नातीको घाँटी रेटेर हत्या