नेपालगन्ज २१ चैत्र : दाङको लमिही नगरपालिका वडा नम्बर ३ बनगाउँमा यात्रुवाहक बस एकआपसमा ठोकिन पुगेकोछ । दुई यात्रुवाहक बस एक आपसमा ठोकिँदा २५ यात्रु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको हो ।
बुटवलदेखि बर्दियातर्फ आउँदै गरेको लु १ ख ७३३६ यात्रुवाहक बस र घोरही देखि बुटवलतर्फ जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुवाहक बस दाङ लमही नगरपालिकाको बनगाउँमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको छ, भने बाँकी यात्रुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
गम्भीर घाइते हुनेमा राप्ती गाउँपालिका– २ लालमटियाकी ७८ वर्षीय चन्द्रकमला थापा र बस चालक गढवा गाउँपालिका– २ का लक्ष्मण थारू रहेका छन् । दुवैको लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।
बाँकी घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?