राप्रपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

प्रहरी दमनमा राप्रपाका १४ जना घाइते, २ जना प्रहरी नियन्त्रणमा


सेतोखरी सेतोखरी   मंगलबार, चैत २७, २०८०
राप्रपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

नेपालगन्ज २७ चैत्र :  राप्रपाको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपमा परी १४ जना राप्रपाका कार्यकर्ता घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

४० बुँदे माग राखेर प्रदर्शन गर्ने पक्रममा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपमा राप्रपाकाका १४ जना घाइते भएको र दुई जनालाई नियन्त्रणमा लिएको राप्रपाका महामन्त्री डाक्टर धवल शम्शेर राणाले जानकारी दिए ।उनका अनुसार प्रदर्शनकारीमाथि प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो । आफ्ना माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरि लाठी चार्ज गरेको थियो ।

यता झडपका क्रममा प्रदर्शनकारीले ढुंगा हान्ने र निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि राप्रपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएकोछ । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन् । निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । 

‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौं’ प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छ । आजबाट ४० बुँदेमा एक बुँदा थपियो ।’ उनले प्रदर्शनमा सहभागीहरुलाई बानेश्वर गएर आम सभा गर्न समेत आह्वान गरेका छन् ।