मोटरसाईकल दुर्घटनामा पूर्वप्रधानाध्यापक अधिकारीको निधन


सेतोखरी सेतोखरी   शुक्रबार, चैत ३०, २०८०
मोटरसाईकल दुर्घटनामा पूर्वप्रधानाध्यापक अधिकारीको निधन

नेपालगन्ज ३० चैत्र : मोटरसाइकल दुर्घटनामा परेर गणेश माध्यामिक बिद्यालयका पूर्वप्रधानाध्यापक हरीप्रसाद अधिकारीको निधन भएको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर – ६ गडही चोक नजिक भएको मोटरसाईकल दुर्घटनामा परी शुक्रबार अधिकारीको निधन भएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर–८ पिपरी निवासी ४५ वर्षीय अधिकारीले कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा पनि अध्यापन गर्दै आएका थिए । 

ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको भे ११ प ५२२१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ गइरहेको भे ७ प ९२०९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

दुर्घटना परी अर्का मोटरसाइकल चालक बारबर्दिया नगरपालिका वडा नम्बर–१ बर्दिया निवासी ३४ वर्षिय धनसिंह बूढा घाइते भएका छन् । उनको टाउको, अनुहार र दुबै हातमा चोट लागेको बताइएको छ ।