न्यायाधीश गिरी कारागार चलान


सेतोखरी सेतोखरी   सोमबार, वैशाख ३, २०८१
न्यायाधीश गिरी कारागार चलान

File Photo

नेपालगन्ज ३ वैशाख : वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान भएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएका उनलाई अदालतले कारागार कार्यालय डिल्लीबजारमा चलान गरिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गिरीलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौंले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो । उच्च अदालतले भने सोही आदेशलाई सदर गरेको थियो । उच्च अदालतको आदेश बेरितको देखिएको भन्दै सर्वोच्चले बदर गरेको थियो । 

यो पनि पढ्नुहोस्: कपिलवस्तुका जिल्ला न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

Kids Festival 2022
kanti aarogya hospital

पीडित महिलाले गिरीविरूद्ध वैवाहित बलात्कारको जाहेरी दिएकी थिइन् । उक्त मुद्दाका साथै सम्बन्ध बिच्छेदको मुद्दा विचाराधीन रहेको अवस्थामा कोठामा आएर गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन् ।

गिरी कपिलवस्तुमा जिल्ला न्यायाधीश थिए । त्यही बेला उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । सोही जाहेरीमाथि अनुसन्धान भई मुद्दा अदालतमा दर्ता भएपछि गिरीलाई न्यायपरिषदले निलम्बन गरेको थियो । -सेतोपाटीबाट