बर्दियामा २३ किलो चरेससहित एक जना पक्राउ


सेतोखरी सेतोखरी   मंगलबार, वैशाख ४, २०८१
बर्दियामा २३ किलो चरेससहित एक जना पक्राउ

नेपालगन्ज ४ वैशाख : बर्दियामा प्रहरीले करिब २३ किलो चरेससहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

मङ्गलबार बिहान ३ः ४५ बजेको समयमा बढैयाताल गाउँपालिका–२ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहाले चेकिङका क्रममा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

चेकिङका क्रममा उनीसँग रहेका दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागुऔषध चरेस बरामद भएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५ का ३४ वर्षीय बमबहादुर पुन हुन् । उक्त समानसहित पुन नेपालबाट भारतर्फ जान लाग्दा पक्राउ परेका थिए ।

पुनलाई बरामद सामानसहित थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।