नेपालगन्ज ५ वैशाख : विराटनगरको रानी क्षेत्र तनावग्रस्त बनेकोछ । तनावग्रस्त बनेको रानी क्षेत्र नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । राम नवमीको अवसरमा स्थानीय दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त बनेको हो ।
राम नवमीको अवसरमा निकालिएको ¥यालीलाई विराटनगर १५ मा अर्काे समूहले अवरोध गरेको थियो । बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो ।
स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको प्रहरीले जनाएकोछ ।
स्थानीयबासीका अनुसार विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले ¥यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो । अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ ।
स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको छ । दुवै समूह तितरबितर भएपछि अहिले अवस्था सामान्य हुँदै गएको छ । यद्यपी, विराटनगरको रानी क्षेत्रको माहोल पूर्ण शान्त भएको छैन ।
-*भुलबस यसअघि हेडिङ्ग फरक पर्न गएकोमा सच्चाइएको छ ।–सम्पादक
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?