नेपालगन्ज ६ वैशाखः गनापुरमा रहेको बाहुबली हर्बल उद्योग प्रालिमा बिहीबार बिहान ठूलो आगलागी भएकोछ ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर–६ गनापुरस्थित पिप्रहवा चोकमा रहेको उक्त उद्योगमा बिहीबार विहान ७ बजेबाट आगलागी सुरु भएको थियो ।
उद्योगमा एक्कासी आगलागी भएपछि आगलागी नियन्त्रण गर्न बाँके र बर्दियाका ८ वटा दमकलको सहयोग लिइएको थियो । आगलागी भएको करिब ७ घण्टा पछि आगो नियन्त्रण लिइएको बाँके प्रहरीले जनाएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम डिएसपी नारायण डाँगीका अनुसार उक्त उद्योगमा लागेको आगलागि करिब ७ घण्टामा पूर्णरुपमा नियन्त्रणमा लिन सफल भएको बताए ।
सेतोखरीसँग कुरा गर्दै उनले भने–‘हामीलाई आगलागि भएको खबर विहान करिब पौने आठ बजेतिर भयो । आगो नियन्त्रणमा लिन बर्दियाको मधुवन नगरपालिका, बाँकेको कोहलपुर, नेपालगन्जका ८ वटा दमकलको सहायताले पौने दुई बजे आगो नियन्त्रणमा लियौं ।’
जडिबुटी प्रसोधन गर्ने उद्योगको मुख्य क्षेत्रमै भिषण आगलागी भएको प्रहरीले जनाएकोछ । आगलागिले मानवीय क्षति नभएपनि ठूलो मात्रामा भौतिक क्षती भएकाले क्षतीको विवरण र आगलागी घटनाको अनुसन्धानमा जुटेको बाँके प्रहरीले जनाएकोछ ।
उक्त जडिबुटी गोदाम नेपालगन्जका ब्यवसायी राजेश जैनको रहेको बताइएको छ । उक्त उद्योग पश्चिम नेपालकै ठूलो जडिबुटी प्रसोधन गर्ने उद्योग हो । गर्मीयाम सुरु भएसँगै आगलागीका घटना हुन थालेका छन् ।
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?