बाहुबली उद्योगमा लागेको आगो ७ घण्टापछि नियन्त्रण, घटना अनुसन्धान गर्दै प्रहरी


सेतोखरी सेतोखरी   बिहीबार, वैशाख ६, २०८१
बाहुबली उद्योगमा लागेको आगो ७ घण्टापछि नियन्त्रण, घटना अनुसन्धान गर्दै प्रहरी

नेपालगन्ज ६ वैशाखः गनापुरमा रहेको बाहुबली हर्बल उद्योग प्रालिमा बिहीबार बिहान ठूलो आगलागी भएकोछ । 

बाँकेको जानकी गाउँपालिका वडा नम्बर–६ गनापुरस्थित पिप्रहवा चोकमा रहेको उक्त उद्योगमा बिहीबार विहान ७ बजेबाट आगलागी सुरु भएको थियो ।

उद्योगमा एक्कासी आगलागी भएपछि आगलागी नियन्त्रण गर्न बाँके र बर्दियाका ८ वटा दमकलको सहयोग लिइएको थियो । आगलागी भएको करिब ७ घण्टा पछि आगो नियन्त्रण लिइएको बाँके प्रहरीले जनाएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम डिएसपी नारायण डाँगीका अनुसार उक्त उद्योगमा लागेको आगलागि करिब ७ घण्टामा पूर्णरुपमा नियन्त्रणमा लिन सफल भएको बताए । 

सेतोखरीसँग कुरा गर्दै उनले भने–‘हामीलाई आगलागि भएको खबर विहान करिब पौने आठ बजेतिर भयो । आगो नियन्त्रणमा लिन बर्दियाको मधुवन नगरपालिका, बाँकेको कोहलपुर, नेपालगन्जका ८ वटा दमकलको सहायताले पौने दुई बजे आगो नियन्त्रणमा लियौं ।’

Kids Festival 2022
kanti aarogya hospital

जडिबुटी प्रसोधन गर्ने उद्योगको मुख्य क्षेत्रमै भिषण आगलागी भएको प्रहरीले जनाएकोछ । आगलागिले मानवीय क्षति नभएपनि ठूलो मात्रामा भौतिक क्षती भएकाले क्षतीको विवरण र आगलागी घटनाको अनुसन्धानमा जुटेको बाँके प्रहरीले जनाएकोछ ।

उक्त जडिबुटी गोदाम नेपालगन्जका ब्यवसायी राजेश जैनको रहेको बताइएको छ । उक्त उद्योग पश्चिम नेपालकै ठूलो जडिबुटी प्रसोधन गर्ने उद्योग हो । गर्मीयाम सुरु भएसँगै आगलागीका घटना हुन थालेका छन् ।