नेपालगन्ज १६ वैशाख : आफैले बनाएको पेस्तोल पड्किँदा बाँकेमा एक बालक घाईते भएकाछन् । घाईते ती बालकको स्वास्थ्य अवस्था भने खतरामुक्त रहेकोछ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–५ मा रहेको भुवरभवानी माध्यामिक बिद्यालयको कक्षा ११ मा पढ्ने १६ वर्षीय बालक सचिन थारु आफैले बनाएको पोस्तोल पड्किँदा घाईते भएका हुन् ।
युटुव हेरेर घरेलु सामाग्रीको प्रयोग गरी सचिन आफैले पेस्तोल बनाएका थिए । बाँके राप्तीसोनारीका–५ विनौनास्थित चाचरफर्काका सचिनले युटुव हेरेर पेस्तोल बनाउन सफल भएका थिए । उनै सचिनले बनाएको उक्त पेस्तोल शनिबार राती करिव १२ बजेतिर आफै पड्किएको थियो ।
सचिनले उक्त पेस्तोल आफ्नो पाइन्टको गोजीमा राखेका थिए र निकाल्ने क्रममा आफै पड्किदाँ पेस्तोलको छर्रा उनको दायाँ खुट्टाको पछाडी लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए ।
थारुले युटुव हेरेर नै आफुले पेस्तोल बनाउन सिकेको प्रहरीलाई बयान दिएका छन् । काठ र फलाम प्रयोग गरेर पेस्तोल जस्तै देखिने हतियार बनाएका थिए । उक्त घटनाको अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।
घाइते थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाइते थारुको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । सचिनले बनाएको उक्त हतियारलाई प्रहरीले नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?