आफैले बनाएको पेस्तोल पड्किदाँ सचिन घाइते


सेतोखरी सेतोखरी   आइतबार, वैशाख १६, २०८१
आफैले बनाएको पेस्तोल पड्किदाँ सचिन घाइते

नेपालगन्ज १६ वैशाख : आफैले बनाएको पेस्तोल पड्किँदा बाँकेमा एक बालक घाईते भएकाछन् । घाईते ती बालकको स्वास्थ्य अवस्था भने खतरामुक्त रहेकोछ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–५ मा रहेको भुवरभवानी माध्यामिक बिद्यालयको कक्षा ११ मा पढ्ने १६ वर्षीय बालक सचिन थारु आफैले बनाएको पोस्तोल पड्किँदा घाईते भएका हुन् ।

युटुव हेरेर घरेलु सामाग्रीको प्रयोग गरी सचिन आफैले पेस्तोल बनाएका थिए । बाँके राप्तीसोनारीका–५ विनौनास्थित चाचरफर्काका सचिनले युटुव हेरेर पेस्तोल बनाउन सफल भएका थिए । उनै सचिनले बनाएको उक्त पेस्तोल शनिबार राती करिव १२ बजेतिर आफै पड्किएको थियो । 

सचिनले उक्त पेस्तोल आफ्नो पाइन्टको गोजीमा राखेका थिए र निकाल्ने क्रममा आफै पड्किदाँ पेस्तोलको छर्रा उनको दायाँ खुट्टाको पछाडी लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए । 

थारुले युटुव हेरेर नै आफुले पेस्तोल बनाउन सिकेको प्रहरीलाई बयान दिएका छन् । काठ र फलाम प्रयोग गरेर पेस्तोल जस्तै देखिने हतियार बनाएका थिए । उक्त घटनाको अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

घाइते थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाइते थारुको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । सचिनले बनाएको उक्त हतियारलाई प्रहरीले नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।