नेपालगन्ज १८ वैशाख : नेपाल–भारत मैत्री संघ केन्द्रिय कार्यालयले मटिहानी नगरपालिका महोत्तरीका आगलागी पीडितलाई राहत सामाग्री वितरण गरेको छ । संघले ९ लाख रुपैयाँ बराबरको उक्त सामाग्री वितरण गरेको हो ।
आगलागी पीडित १ सय ५ घरधुरीलाई झुल २ सय १० थान, तन्ना २ सय १० थान, बच्चा कपडा सेट २ सय १० थान, लुंगी १ सय ५ थान, भेष्ट १ सय ५ थान, साडी १ सय ५ थान, ब्लाउज कपडा १ सय ५ थान, पेटीकोट १ सय ५ थान र सल(च्यादर) १ सय ५ थान वितरण गरिएको संघका महासचिव बोधकृष्ण सुवेदीले जानकारी दिए ।
राहत सामाग्री वितरण गर्ने क्रममा संघका महासचिव सुवेदीसहित मधेस प्रदेश अध्यक्ष रणधिर कुमार सिंह, केन्द्रीय सदस्य अरुणकुमार सिंह लगायतको उपस्थिती रहेको थियो । मटिहानीमा केहीदिन अघि आगलागी हुँदा ठुलो क्षति भएको थियो । गर्मीयामसँगै दिनहुँजसो आगलागीका घटना भइरहेका छन् ।

बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल