नेपालगन्ज २२ वैशाख : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १३ रामलिला स्थित सरस्वती मन्दिरमा रहेको सरस्वतीको मूर्ती तोडफोड गरिएकोछ ।
नेपालगन्जकै ऐतिहासिक उक्त सरस्वतीको मूर्ती कसले र किन तोडफोड ग¥यो भन्ने खुल्न सकेको छैन । सरस्वती मन्दिरको मूर्ती तोडफोड गरिएको अवस्थामा भेटिएपछि यतिबेला सर्वत्र निन्दा गरिएकोछ ।
अज्ञात समूहले मन्दिरमा रहेको सरस्वतीको मूर्ती तोडफोड गरेको घटनाप्रति दुख ब्यक्त गर्दै स्थानीयबासी समेत रहेका शिक्षक विरेन्द्र यादवले दोषीउपर कानूनी कारबाही गरिनुपर्ने बताए । उनले कसैको अस्थामाथि लगातार प्रहार भइरहँदा सम्बन्धित निकाय मौन बस्नुले यस्ता घटनाले प्रसय पाइरहेकोछ ।
सद्भावको सहर नेपालगन्जमा पछिल्ला समय यसखाले गतिविधिले प्रसय पाइरहेकोछ ।
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?