रामलिलामा रहेको ऐतिहासिक सरस्वतीको मूर्ती तोडफोड


सेतोखरी सेतोखरी   शनिबार, वैशाख २२, २०८१
रामलिलामा रहेको ऐतिहासिक सरस्वतीको मूर्ती तोडफोड

नेपालगन्ज २२ वैशाख : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १३ रामलिला स्थित सरस्वती मन्दिरमा रहेको सरस्वतीको मूर्ती तोडफोड गरिएकोछ ।

नेपालगन्जकै ऐतिहासिक उक्त सरस्वतीको मूर्ती कसले र किन तोडफोड ग¥यो भन्ने खुल्न सकेको छैन । सरस्वती मन्दिरको मूर्ती तोडफोड गरिएको अवस्थामा भेटिएपछि यतिबेला सर्वत्र निन्दा गरिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

अज्ञात समूहले मन्दिरमा रहेको सरस्वतीको मूर्ती तोडफोड गरेको घटनाप्रति दुख ब्यक्त गर्दै स्थानीयबासी समेत रहेका शिक्षक विरेन्द्र यादवले दोषीउपर कानूनी कारबाही गरिनुपर्ने बताए । उनले कसैको अस्थामाथि लगातार प्रहार भइरहँदा सम्बन्धित निकाय मौन बस्नुले यस्ता घटनाले प्रसय पाइरहेकोछ । 

सद्भावको सहर नेपालगन्जमा पछिल्ला समय यसखाले गतिविधिले प्रसय पाइरहेकोछ ।