नेपालगन्ज नाकामा अबैध कारोबार गर्ने कुख्यात तस्कर ‘भौकी’ प्रहरी नियन्त्रणमा 


सेतोखरी सेतोखरी   मंगलबार, वैशाख २५, २०८१
नेपालगन्ज नाकामा अबैध कारोबार गर्ने कुख्यात तस्कर ‘भौकी’ प्रहरी नियन्त्रणमा 

नेपालगन्ज २५ वैशाखः नेपालगन्ज नाकामा अबैध कारोबार गर्ने ‘कुख्यात तस्कर’ भौकी भनिने अमिर अहमद जोलाहालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । केहीदिन अघि नेपालगन्जको जैसपुरमा रहेको जोलाहाको गोदाममा बाँके प्रहरीले छापा मारेर लाखौं मूल्य बराबरको अबैध सामान बरामद गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार उक्त सामानलाई प्रहरीले आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको थियो । छापा मार्न प्रहरीलाई सूचना दिएको आरोप लगाउँदै तस्कर भौकी भनिने अमिर अहमदले मंगलबार राती स्थानीय मोहम्मद इरफान जोलाहालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । सोही आरोपमा पक्राउ गरी उनीमाथी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको डिएसपी डाँगीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

पीडित इरफानले दिएको जाहेरीका आधारमा पक्राउ गरेर कारबाही प्रक्रिया अगाडी बढाइएको उनले बताए । पीडितले आफुलाई बन्धक बनाएर कुटपिट गरेको आरोप लगाएका छन् । उजुरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय परिसरमै प्रहरीकै सामुन्ने पीडित इरफानमाथी ‘छोटा भौकी’ भनिने भौकीका भाई समिर अहमद जोलाहाले कुटपिट गरेका थिए ।

कुटपिट गरेको आरोपमा भाई समिरलाई पनि प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाएको जनाएको छ । ‘भौकी’ ले लामो समयदेखी नेपालगन्ज नाकालाई आधार बनाएर तस्करी गर्दै आएको सुरक्षा स्रोतले जनाएको छ । राजनीतिक नेताको आडमा तस्करी गर्दै आएका उनले प्रहरी प्रशासन र भन्सार कर्मचारीलाई समेत प्रभावमा पार्ने गरेको बताइन्छ ।