नेपालगन्ज २७ वैशाख : लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार लागुऔषध नियन्त्रण ब्यूरो र जिप्रका बाँकेबाट खटिएको प्रहरी टोलीले गोली चलाएको हो ।
कोहलपुर नगरपालिका–१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको डिएसपी डाँगीले सेतोखरीलाई बताए । उनको तिघ्रामा गोली लागेको छ भने उपचारका लागि नेपालगन्ज स्थित भेरी अस्पतालमा लगिएको डिएपी डाँगीले बताए । यस्तै सोही ठाउँका २७ वर्षीय सरण बहादुर कार्कीलाई नियन्त्रणमा लिइएकोछ ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर–६ खुला कारागार नजिक लागुऔषधको ठूलो कारोबार भइरहेको भन्ने खबर पाएपछि पुगेको प्रहरीलाई देखेर कारोबारी भाग्न खोजेका थिए । प्रहरीलाई देखेर भाग्न लागेका कारोबारीलाई नियन्त्रणमा लिन बिहीबार विहान साढे १० बजेतिर गोली प्रहार गरि कारोबारीलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुको साथबाट ११४ दशमलव २५ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएकोछ। घटनाको थप विवरण अनुसन्धानबाट खुल्ने प्रहरीले बताएकोछ ।
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी