लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले चलायो गोली


विजय मल्ल विजय मल्ल   बिहीबार, वैशाख २७, २०८१
लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले चलायो गोली

नेपालगन्ज २७ वैशाख : लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार लागुऔषध नियन्त्रण ब्यूरो र जिप्रका बाँकेबाट खटिएको प्रहरी टोलीले गोली चलाएको हो ।

कोहलपुर नगरपालिका–१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको डिएसपी डाँगीले सेतोखरीलाई बताए । उनको तिघ्रामा गोली लागेको छ भने उपचारका लागि नेपालगन्ज स्थित भेरी अस्पतालमा लगिएको डिएपी डाँगीले बताए । यस्तै सोही ठाउँका २७ वर्षीय सरण बहादुर कार्कीलाई नियन्त्रणमा लिइएकोछ । 

Kids Festival 2022
kanti aarogya hospital

बाँकेको जानकी गाउँपालिका वडा नम्बर–६ खुला कारागार नजिक  लागुऔषधको ठूलो कारोबार भइरहेको भन्ने खबर पाएपछि पुगेको प्रहरीलाई देखेर कारोबारी भाग्न खोजेका थिए । प्रहरीलाई देखेर भाग्न लागेका कारोबारीलाई नियन्त्रणमा लिन बिहीबार विहान साढे १० बजेतिर गोली प्रहार गरि कारोबारीलाई नियन्त्रणमा लिइएको हो । 

उनीहरुको साथबाट ११४ दशमलव २५ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएकोछ। घटनाको थप विवरण अनुसन्धानबाट खुल्ने प्रहरीले बताएकोछ ।