खगेन्द्र रिजाल बाँकेका नयाँ सिडियो


सेतोखरी सेतोखरी   शुक्रबार, जेठ ४, २०८१
खगेन्द्र रिजाल बाँकेका नयाँ सिडियो

नेपालगन्ज ४ जेठ : गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय बाँकेको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्रप्रसाद रिजाललाई सरुवा गरेकोछ । उनी बागलुङमा कार्यरत थिए । भने रिजालको बाँकेमा सरुवा भएपछि बागलुङको प्रमुख जिल्ला अधिकारीमा नेत्रप्रसाद सुवेदीलाई पठाइएकोछ । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रजिअहरुको सरुवा तथा पदस्थापन निर्णय गरेका हुन् । यस्तै पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ ।

यो पनि पढ्नुहोस् बाँके सिडियोलाई गृहले फाल्यो प्रदेश कार्यालयमा

कसैलाई जानकारी नदिई अचानक बाँकेबाट गायब भएका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई सरकारले कारबाही गरेको तीन दिनपछि बाँकेमा नयाँ सिडियो सरुवा गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके जिल्लामा सिडियो रहँदा हरेक कुरामा विवादित हुँदै आएका बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेललाई गृह मन्त्रालयले कारबाही गरी बागमती प्रदेशको मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय हेटौँडा, मकवानपुरमा सरुवा गरिसकेकोछ ।

यो पनि पढ्नुहोस् प्रधानमन्त्रीले भने ‘बाँके सिडियोलाई गृहमन्त्रालयमै नराख्नु’

गृहले बाँके सिडियो पोखरेलाई गृहमन्त्रालयमा तानेको थियो । सिडियो पोखरेल कसैलाई थाहा नै नदिइ सुटुक्क एक साता अघि काठमाण्डौं गएका थिए । उनले निमित्त कार्यभार पनि कसैलाई नदिएर जिल्ला प्रशासन कार्यालय बाँके मातहतका कुनै पनि कर्मचारीलाई केही नबताई सुटुक्कै काठमाण्डौं पुगेका हुन् । 

यो पनि पढ्नुहोस् बाँके सिडियो पोखरेलद्वारा गृह मन्त्रालयको निर्देशन उल्लङघन

बाँके जिल्लामा सिडियो रहँदा हरेक कुरामा विवादित हुँदै आएका सांसद, नेताहरुलाई दुव्र्यवहार गरेको, तस्करी, हत्या भइरहँदा पनि शान्ति सुरक्षा कायम गराउन नसकेको लगायतका गुनासो पुगेपछि प्रधानमन्त्री प्रचण्डले बाँके सिडियो पोखरेललाई सिडियोबाट तत्काल हटाउँन र गृहमन्त्रालयमै नराख्न निर्देशन दिएको गृहमन्त्रालयको उच्च स्रोतले सेतोखरीलाई जानकारी दियो । 

सिडियो पोखरेललाई गृहमन्त्रालय तानेपछि गृहमन्त्रालयले निमित्त सिडियो जोरासिंह माझीलाई जिम्मेवारी दिएको थियो । बाँकेका तत्कालिन प्रहरी प्रमुख एसपी सुवास बोहोरा तस्करीमा संलग्न भएको भन्दै गृहको निर्देशनमा प्रहरी प्रधान कार्यालयले कारबाही गरि बाँकेबाट हटाएपछि बाँके सिडियोलाई पनि गृहमन्त्रालयले एसपीले तस्करी गरिरहँदा सिडियोले कसरी थाहा नपाएको भन्दै बाँके सिडियोबाट हटाउन खोजिरहेको थियो ।