काजले चलाएको जिप्रका बाँकेको मुद्दाफाँट (कसको दरबन्दी कहाँ?)

जवानदेखि ईन्स्पेक्टर सबै काजमा


सेतोखरी सेतोखरी   बिहीबार, जेठ १०, २०८१
काजले चलाएको जिप्रका बाँकेको मुद्दाफाँट (कसको दरबन्दी कहाँ?)

नेपालगन्ज १० जेठ : जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दाफाँट काजवालाको भरमा चलेको छ । एक जना होइन, दुई जना होइन सिंगो मुद्दाफाँटको २५ जनाको टोली नै काजमा रहेको छ । उनीहरुको दरवन्दी अर्कै ठाउँमा छ तर भुनसुन गराउँदै उनीहरु जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दाफाँटमा बसिरहेका छन् । मुद्दाफाँटमा जानलाई प्रहरीहरु तछाड मछाड नै गर्छन् भने त्यहि बसेकाहरु जुका चप्किए झैं चप्किरहन खोज्छन् ।

जिप्रका बाँकेको मुद्दाफाँटको अनुभव बुटुलेर अन्यत्र गएका एक ईन्स्पेक्टरले सेतोखरीसँग भने ‘मुद्दाफाँटमा कति कमाई हुन्छ भन्ने तपाई आँकलन पनि गर्न सक्नु हुन्न । राम्रै कमाई हुन्छ, कमाउनेले त घर घडेरीनै जोड्छन् । त्यसैले जिप्रका बाँकेको मुद्दाफाँट कमाउने आकर्षक थलो बनेको छ ।’

जिप्रका बाँकेको मुद्दाफाँटमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दांग दरवन्दि भएका इन्स्पेक्ट सुजन शाह देखि प्रहरी जवानसम्म सबै काजमा छन् । इन्स्पेक्टर शाह एक वर्षदेखि काजमा जिप्रका बाँकेमा छन् । विभिन्न विवादमा आरोप लाग्दै आएका इन्स्पेक्टर शाहलाई संवेदनशिल मानिने मुद्दाफाँटको प्रमुख बनाइएको छ ।

कमाउनलाई आर्कषण मानिने जिप्रका बाँकेको मुद्दाफाँटमा जानलाई प्रहरीहरु मरिहत्ते गर्छन् भने त्यहि बसेकाहरु छोड्न चाहदैनन् । कतिपय २०७३ साल देखि नै काजमा बसिरहेका छन् । विगत ४ देखि ८ वर्षसम्म मुद्दाफाँटमा रहेका केही यस्ता प्रहरीहरु छन् जो मुद्दाफाँटका चल्तापुर्जा हुन् । मुद्दालाई कता लग्ने, के गर्ने, मुद्दालाई विचलन बनाउनेमा यीनले ठूलो भूमिका खेल्दै आएकाछन् । 

Care City Hospital Npj
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

दरबन्दी अन्यत्र भएपनि जिप्रका बाँकेको मुद्दाफाँटमा यीनिहरुले वर्षौंदेखि जारा गाडेर बसिरहेकाछन् । वर्षौंदेखि एकै थलोमा बसिरहेकाले यीनिहरुले तस्कर, चोरी गर्ने ब्यक्तिहरु, अपराध गर्ने ब्यक्तिहरु र गुण्डाहरुलाई सहजै चिन्छन् ।

मालदार ब्यक्तिहरुका कामहरु फोनका भरमा तुरुन्तै गर्ने गरेका वर्षौंदेखि मुद्दाफाँटमा जरो गाडेर बसेका यीनिहरुले सर्वसाधरण पीडितहरुको काम भने सजिलै गर्दैनन् । पहुँच नभएका, न्यायका लागि जिप्रका आउने सर्वसाधरणलाई रुखो बोली बोल्ने र अल्झाइरहने मुद्दाफाँटका प्रहरीको विशेषता हो । यी प्रहरीको हामीले यहाँ केही चर्चा गरेका छौं ।

प्रहरी बरिष्ठ नायब निरीक्षक श्यामकुमार रोका क्षेत्री २०७५ सालदेखि जिप्रका बाँकेको मुद्दाफाँटमा छन् । उनको दरबन्दी ईप्रका बैजापुर बाँके हो । उनी मुद्दाफाँटको सोको अधिकृत हुन् । प्रहरी नायब निरीक्षक पुर्णबहादुर ओली २०७३ सालदेखि जिप्रका बाँकेको मुद्दाफाँटमा छन् । उनको दरबन्दी जुम्लाको गुल्ममा हो । उनले जघन्य मुद्दा हेर्दै आएकाछन् । 

अर्का प्रहरी नायब निरीक्षक भाष्कर गिरी पनि २०७३ सालदेखि जिप्रका बाँकेको मुद्दाफाँटमा छन् । उनको दरबन्दी काठमाण्डौंमा हो । उनले  अदालत समन्वय हेर्दै आएकाछन् । त्यस्तै प्रहरी सहायक निरीक्षक लक्ष्मण बहादुर शाही २०७८ सालदेखि जिप्रका बाँकेमा छन् । उनको दरबन्दी प्रहरी चौकी ताराताल बर्दिया हो । उनले मिटरब्याज र चोरी घटना हेर्ने गरेकाछन् । 

अर्का प्रहरी सहायक निरीक्षक बसन्त केसी २०७८ सालदेखि जिप्रका बाँकेको मुद्दाफाँटमा छन् । उनको दरबन्दी ईप्रका पोवाङ रोल्पा हो । उनले मिटरब्याज, उजुरी निवेदन र छलफल हेर्दै आएकाछन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दाफाँटमा काजमा रहेका प्रहरीहरुको विवरण...

dpo_banke_kaj_2081-1-1716459574.jpg