खुल्ला कारागार सञ्चालनमा ल्याइ सुधार गृहको रुपमा विकास गरिने


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १५, २०८१
खुल्ला कारागार सञ्चालनमा ल्याइ सुधार गृहको रुपमा विकास गरिने

नेपालगन्ज १५ जेठ : सरकारले खुल्ला कारागारलाई सञ्चालन ल्याउने बताएको छ । कारागारमा कैदीको चाप अत्याधिक रहेको उल्लेख गर्दै चापलाई कम गर्न प्रोभेसन र प्यारोलको व्यवस्था गरिने अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेका छन् ।

आर्थिक वर्ष २०८१/८१ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री पुनले खुल्ला कारागारका साथै नुवाकोटको निर्माणाधीन कारागार समेत जतिसक्दो चाँडो सञ्चालन ल्याउने बताएका छन् । कारागारलाई सुधार गृहको रुपमा विकास गरिने घोषणा गरिएको छ ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

त्यसैगरी अध्यागमनलाई अत्याधुनिक बनाइने उल्लेख गरिएको छ । विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरिने बताइएको छ ।