दैलेखमा गयो भूकम्प


सेतोखरी सेतोखरी   मंगलबार, जेठ २२, २०८१
दैलेखमा गयो भूकम्प

नेपालगन्ज २२ जेठ : दैलेखमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ३४ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यो परकम्प नभएर भूकम्प भएको केन्द्रले जनाएकोछ । भूकम्पको क्षतिबारे अपडेट आउन बाँकी छ ।

यसअघि हिजो सोमबार लमजुङ जिल्लाको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको हो ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

यस्तै  यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।