नेपालगन्ज २९ जेठ : बाँके प्रहरीले स्कुटर चोरीको आरोपमा बाँकेको जानकी गाउँपालिका– ३ का मोहम्मद जिशान्त सिद्धिकी र रमजान यादवलाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार सिद्धिकी र यादवले स्कुटर चोरेर नम्बर प्लेट परिवर्तन गरि चलाइरहेका थिए । उनीहरुले बैशाख २२ गते कारकाँदोबाट भे १३ प १६३४ नम्बरको स्कुटर चोरेर नम्बर प्लेट परिवर्तन गरी इन्द्रपुरमा चलाइरहेका थिए ।
प्रहरीले पक्राउ गरिएका दुवै जनालाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरिसकेको छ । नेपालगन्जमा पछिल्लो दिनमा मोटरसाइकल र स्कुटर चोरी बढेपछि प्रहरीले खोजतलास बढाएको छ ।
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका