स्कुटर चोर सिद्धिकी र यादव पक्राउ


सेतोखरी सेतोखरी   मंगलबार, जेठ २९, २०८१
स्कुटर चोर सिद्धिकी र यादव पक्राउ

नेपालगन्ज २९ जेठ : बाँके प्रहरीले स्कुटर चोरीको आरोपमा बाँकेको जानकी गाउँपालिका– ३ का मोहम्मद जिशान्त सिद्धिकी र रमजान यादवलाई पक्राउ गरेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार सिद्धिकी र यादवले स्कुटर चोरेर नम्बर प्लेट परिवर्तन गरि चलाइरहेका थिए । उनीहरुले बैशाख २२ गते कारकाँदोबाट भे १३ प १६३४ नम्बरको स्कुटर चोरेर नम्बर प्लेट परिवर्तन गरी इन्द्रपुरमा चलाइरहेका थिए ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

प्रहरीले पक्राउ गरिएका दुवै जनालाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरिसकेको छ । नेपालगन्जमा पछिल्लो दिनमा मोटरसाइकल र स्कुटर चोरी बढेपछि प्रहरीले खोजतलास बढाएको छ ।