नेपालगन्जको बस फिस्लिङमा दुर्घटना : उपचारका क्रममा चालकको मृत्यु (हेर्नुहोस् घाईतेको नामसहित विवरण) 


सेतोखरी सेतोखरी   शुक्रबार, जेठ ३२, २०८१
नेपालगन्जको बस फिस्लिङमा दुर्घटना : उपचारका क्रममा चालकको मृत्यु (हेर्नुहोस् घाईतेको नामसहित विवरण) 

नेपालगन्ज ३२ जेठ : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३, फिस्लिङ बजारनजिकै शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ । दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाँकेको नेपालगन्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रुवाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बाग्मती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटना परी १३ जना घाइते भएका छन् । 

घाइते तीनजनाको अवस्था गम्भीर छ । चारजना उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवम प्रहरी प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठका अनुसार घाइते १३ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। जसमध्ये एकजना कार चालकको मृत्यु भइसकेकोछ । भने ६ जना मध्यम र ४ जना डिस्चार्ज भएका छन् । 

Kanti Aarogya Hospital Nepalgunj

गम्भीर घाईते भएका कार चालक कास्कीको पोखरा उपमहानगरपालिका ५ का ३५ बर्षीय समीर ओझा मृत्यु हुँदा काठमाडौँ टोखा नगरपालिका–६ बस्ने २२ बर्षीय शेखर मिश्र र ललितपुर महानगरपालिका २४ बस्ने २१ वर्षीय सिृजन ओझा गम्भीर घाइते भएका छन् ।

उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । भने घाइतेहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ। 

यस्तै, दुर्घटनामा मध्यम घाइते हुनेहरुमा बसमा सवार नवलपुर गैंडाकोटका ३८ वर्ष दीलमाया बिक, सोही स्थानकी १९ वर्षीया परिका सुनार, बाँके कोहलपुर–१२ बस्ने ४८ वर्षका धिरेन्द्र बहादुर केसी, बर्दिया बाँसगढी नगरपालिका ९ बस्ने ४८ वर्षका रामकृष्ण थारु रहेका छन् ।  

कारमा सवार ललितपुर महानगरपालिका २४ बस्ने १७ वर्षका सितल ओझा, सोही स्थानकी ३५ वर्षीया सरिता ओझाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।  यसैगरी दुर्घटनामा घाइतेभएका ४ जनाको उपचारपश्चात् डिस्चार्ज भएका छन् ।

बसमा सवार बर्दियाको बर्दिया नगरपालिका–१२ बन्जाई बस्ने वर्ष ३० का थिर बहादुर केसी, बर्दिया नगरपालिका–८ का ४८ वर्षका दरु बहादुर शाही, बर्दिया नगरपालिका–९ बस्ने ४८ वर्षका रामकिरण थारु र  सोही स्थानका ३४ वर्षीय बलबहादुर चौधरी स्थानीय पोलिक्लिनिक फिस्लिङमा उपचार पश्चात डिस्चार्ज भएका हुन् ।