‘भारतीय पर्यटकलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरिन्छ’ भन्दै संसदमा गर्जिए डा. राणा 


सेतोखरी सेतोखरी   शुक्रबार, जेठ ३२, २०८१
‘भारतीय पर्यटकलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरिन्छ’ भन्दै संसदमा गर्जिए डा. राणा 

File Photo

नेपालगन्ज ३२ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर राणाले भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारतीय पर्यटकहरु भूमार्ग हुँदै नेपालमा आउँदा डाँकाको जस्तो व्यवहार गरिएको बताए ।

‘हामी छिमेकी मुलका पर्यटकहरुलाई धेरै वास्ता गर्दैनौँ,’ राणाले भने, ‘अहिले चीन र भारतका पर्यटकले विश्व छाएका छन् । हाम्रा त अगल वगलमा छन् । तर, हामीले सहजीकरण गर्दैनौँ । ल्याण्ड रुटबाट भारतीय मोटरमा पर्यटक आउँदाखेरी नेपालमा डाँका पसेको जस्तो व्यवहार गरिन्छ । दश ठाउँमा चेकिङ गरिन्छ । उसको कागज र सामान हेरिन्छ ।’

पर्यटकहरुलाई इज्जतका साथ स्वागत गर्नुपर्ने भन्दै उनले भारतीय नोट हजार र पाँच सयको ल्याएमा सशस्त्र प्रहरील सीमामै दुव्यर्वहार गर्ने गरेको दाबी गरे । ‘हामीले आउने हाम्रो पर्यटकहरुलाई सम्मानका साथ, इज्जतका साथ हाम्रो देशमा स्वागत गर्नुपर्ने आवश्यकता छ,’ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै राणाले भने, ‘यसमा सरकारले ध्यान दिनुपर्छ । ५०० सयेका को नोट ल्यायौँ भने बोर्डरमा सशस्त्रले समातेर दुव्र्यवहार गर्छ । अनि हामीले पर्यटनको कुरा गर्छौ ? मिलाउनुस् प्रधानमन्त्रीज्यू । पर्यटनमन्त्रीज्यू । यो के तमासा गरेको ?’

राणाको आक्रोश ‘बजेट भनेको तपाईंको मात्रै हो ?’

Kanti Aarogya Hospital Nepalgunj

पर्यटन मन्त्री हितबहादुर तामाङले नेपालगन्जमा पर्यटन प्रवर्द्धनका लागि बजेट नदिएको भन्दै राणाले आक्रोश व्यक्त गरे । शुक्रबार मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले नेपालगन्जमा मानव निर्मित ताल निर्माणका लागि आफूले मन्त्रीको क्वाटरमै गएर प्रस्ताव दिए पनि बजेटमा समावेश नगरेपछि उनले आक्रोश व्यक्त गरे । 

उनले नेपालगन्जमा २ वटा ठुलो ताल बनाएको र त्यसमा डुङ्गा चलिरहेको बताए । सांसद राणाले भने– ‘एउटा ताल बनाउनका लागि मैले पर्यटन मन्त्रीलाई एउटा योजना दिएको थिएँ, त्यो बजेटमा आएन । बजेट हेर्दा मन्त्रीहरूकै जिल्लामा गएको देखिन्छ । यो के गर्न खोज्नुभएको तपाईंहरुले ? हाम्रा ठाउँमा पनि सानो योजना हालिदिनुस् भनेर तपाईंको क्वाटरमा गएर तपाईंलाई त्यो फारम दिएको छु ।  तपाईंको सचिवले मलाई फोन ग¥यो तर, त्यो आएन । यो सरकार र बजेट तपाईंहरुको मात्रै हो । जवाफ दिनुस् मन्त्रीज्यू ।’ 

उनले पर्यटन, उद्योग र व्यापारका लागि दिल्ली–नेपालगन्ज हवाई उडानको ठुलो महत्व रहेको बताउँदै नेपालगन्ज–दिल्ली हवाई सेवा सञ्चालन गर्न माग गरे । डाक्टर राणा नेपालगन्ज उपमहानगरपालिकाको दुई कार्याकाल पुरा गरेका मेयर हुन् । बाँकेमा लोकप्रिय नेताकारुपमा परिचित राणा बाँके निर्वाचन क्षेत्र नम्बर–२ क बाट निर्वाचित सांसद हुन् ।