पौडी खेल्नेक्रममा खजुराका विनोद र भूपेन्द्र भेरी नदीमा डुबेर बेपत्ता


सेतोखरी सेतोखरी   शनिबार, असार १, २०८१
पौडी खेल्नेक्रममा खजुराका विनोद र भूपेन्द्र भेरी नदीमा डुबेर बेपत्ता

नेपालगन्ज १ असार : सुर्खेतमा पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । शनिबार दिउँसो वीरेन्द्रनगर–२ चोक्टेस्थित भेरी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा कालिकोट घर भई हाल सुर्खेत वीरेन्द्रनगर–७ खजुरा बस्ने १९ वर्षका विनोद केसी र सोही ठाउँ बस्ने  १६ वर्षका भूपेन्द्र केसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनीहरु पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुन् साथ उक्त स्थानमा प्रहरी चौकी रानीघाटबाट प्रहरी सहायक निरीक्षक जसपाल बुढाथोकीको कमाण्डमा ४ जनाको प्रहरी टोली खटिएर खोजी कार्य गरिरहेको छ ।