नेपालगन्ज १ असार : सुर्खेतमा पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । शनिबार दिउँसो वीरेन्द्रनगर–२ चोक्टेस्थित भेरी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा कालिकोट घर भई हाल सुर्खेत वीरेन्द्रनगर–७ खजुरा बस्ने १९ वर्षका विनोद केसी र सोही ठाउँ बस्ने १६ वर्षका भूपेन्द्र केसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
उनीहरु पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुन् साथ उक्त स्थानमा प्रहरी चौकी रानीघाटबाट प्रहरी सहायक निरीक्षक जसपाल बुढाथोकीको कमाण्डमा ४ जनाको प्रहरी टोली खटिएर खोजी कार्य गरिरहेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?