चोरीको गाडी बरामद


सेतोखरी सेतोखरी   सोमबार, असार ३, २०८१
चोरीको गाडी बरामद

नेपालगन्ज ३ असार : बाँके प्रहरीले चोरीको गाडी बरामद गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० राँझाबाट प्रहरीले नम्बरप्लेट नभएको भ्यान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नम्बर प्लेट नभएको उक्त भ्यान भन्सार छलि चोरी पैठारी गरि ल्याएको हुनसक्ने बताएकोछ । 

Kanti Aarogya Hospital Nepalgunj

अन्दाजी १२ लाख बराबरको सुजुकी मारुती कम्पनीको उक्त भ्यान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएकोछ । यसअघि पनि बाँके प्रहरीले नेपालगन्जबाट चोरीको एउटा कार बरामद गरेको थियो ।