बाँके (बैजनाथ) ११ असार : बैजनाथ गाउँपालिकाका विषयमा केही ब्यक्तिले सामाजिक सञ्जालमा लेखेकोप्रति आपत्ती जनाइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकालले सोमबार एक विज्ञप्ती जारी गर्दै यस्तो आपत्ती जनाएका हुन् ।
‘बैजनाथ गाउँपालिका अनियमिततामा चुर्लुम्म डुब्यो, साथै गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले आफुखुसी बाँडेका योजनाहरुको बिना अनुगमन भुक्तानी दिइएको साथै अनुगमन समितिका संयोजक र पुर्वाधार विकास समितिका संयोजकको बिना कुनै जानकारी कपोकल्पित भनाईलाई जोडी विभिन्न ब्यक्तिहरुले अफवाह फैलाएको देखिन आएकाले ध्यानाकर्षण भएको गाउँपालिकाले जनाएको छ ।
‘गाउँ कार्यपालिकाको निर्णय र सार्वजनिक खरिद ऐन तथा नियमावलीमा भएको ब्यवस्था अनुसार कार्यान्वयन भएका छन्, यस आर्थिक वर्षमा पालिकाबाट अनुगमन बिना कुनैपनि योजनाको भुक्तानी भएको छैन, गाउँपालिकाले नियमानुसार विकास निर्माणका कार्यहरु गरिरहेको छ, ती योजनाहरुको अनुगमनका लागि पालिकामा धेरै निवेदन पेश भएका छन्,’ विज्ञप्तीमा उल्लेख छ ।
साथै अनुगमन समितिबाट धेरै योजनाको अनुगमन हुन बाँकी रहेको गाउँपालिकाले प्रष्ट्याएको छ । उक्त सामाजिक सञ्जालमा आएका समाचार कपोलकल्पित, भ्रामक, ब्यक्ति केन्द्रित झुठ्ठा आरोप मात्र रहेको गाउँपालिकाले जनाएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र