नेपालगन्ज १७ असार : जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलि भण्डारण गरि राखेको ठूलो मात्रामा लत्ताकपडा बरामद गरेकोछ ।
बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ न्यूरोड भानुभक्त चोक नजिक एक घरबाट उक्त भन्सार छलिको लत्ताकपडा बरामद गरेको हो ।
नेपालगन्जको न्यूरोड भानुचोक स्थित सोनी गुप्ताले आफ्नो घरमा भारतबाट अवैधरुपमा भन्सार छलि ल्याई भण्डारण गरि राखेको अन्दाजी ३८ लाख ३९ हजार दुई सय बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको जनाएकोछ ।
सुनिल गुप्ताले आफ्नो घरमा विभिन्न डिजाईनका कुर्ता सुरुवाल ४ हजार २ सय ७४ पिस र विभिन्न डिजाईनका साडी ८ सय ४० पिस भण्डारण गरि राखेका थिए ।
प्रहरीले बरामद गरेको ४ हजार २७४ पिस कुर्ता सुरुवालको अन्दाजी मूल्य रु.३४ लाख १९ हजार दुई सय र ८ सय ४० पिस साडीको अन्दाजी मूल्य रु.४ लाख २० हजार गरि अन्दाजी ३८ लाख ३९ हजार दुई सय बराबरको लत्ताकपडा बरामद गरिएको हो ।
प्रहरीले बरामद सामान र सुनिल गुप्तालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र