च्याउ टिप्न गएका तीन महिला बाघको आक्रमणबाट घाइते


सेतोखरी सेतोखरी   सोमबार, असार २४, २०८१
च्याउ टिप्न गएका तीन महिला बाघको आक्रमणबाट घाइते

नेपालगन्ज २४ असार : दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते भएका छन् । 

बाघको आक्रमणबाट तुलसीपुर–९, बेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

सोमबार (आज) बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरूलाई बाघले आक्रमण गरेको थियो ।

केसीका दुवै हातमा सामान्य चोट लागेको छ । सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।