नेपालगन्ज १८ साउन : घाँस काटिरहेका बेला युवतीको ज्यान लिने बाघलाई आज नियन्त्रणमा लिइएकोछ ।
बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहान डार्ट गरेर नियन्त्रणमा लिएका हुन् ।
यो पनि पढ्नुहोस् घाँस काटिरहेका बेला बाघले आक्रमण गर्दा २३ वर्षीया युवतीको मृत्यु
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश जोशीले प्राविधिक टोलीले बाघलाई महिलामाथि आक्रमण गरेकै स्थान दोधाराचाँदनी नगरपालिका–२ को उखुबारीबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।
बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा राखिएको छ भने कहाँ पठाउने भन्ने विषयमा सल्लाह भइरहेको छ ।
बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा दोधाराचाँदनी नगरपालिका–२ बस्ने २३ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गरेको थियो । शाहको घटनास्थलमै मृत्यु भएको थियो ।
तत्कालै बाघको खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको प्राविधिक टोली खटिएको थियो तर, बिहीबार दिनभर प्रयास गर्दा समेत बाघलाई नियन्त्रणमा लिन सकिएको थिएन ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र