नेपालगन्ज १ भदौः नेपाली काँग्रेसको भातृ संगठन नेपाल किसान महासंघ बाँकेले पूर्णता पाएको छ । नेपालगन्जमा शनिबार एक कार्यक्रमका बीच कार्यसमिति, पदाधिकारी घोषणा भएसँगै महासंघले पूर्णता पाएको हो ।
महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुले कार्यसमिति, पदाधिकारीको नाम घोषणा गरेका हुन् । यसअघि अध्यक्ष थारुले महासंघको जिम्मेवारी पाएका थिए ।
महासंघ बाँकेको उपाध्यक्षमा टेकबहादुर खड्का र मोहम्मद याकुव अन्सारी, सचिवमा महेन्द्र मल्ल, कोषाध्यक्षमा अस्मिता शाह महतरा, सहसचिवमा राजकुमार महतरा रहेका छन् ।
यसैगरी सदस्यहरुमा शेरबहादुर मुरद, गणेश बोहरा, देवीराम अधिकारी, बोधिलाल न्यौपाने, सविता केसी, मकबुल खाँ, आईला बोहरा, रुद्रकली बिक, राधा खड्का, सुनिल ढकाल, ओ.बि. सेन्चुरी, भिमबहादुर, दिपनारायण बर्मा, पदमबहादुर मल्ल, लालबहादुर थारु, ठाकुर थारु, लक्ष्मीराम यादव, भुवन थापामगर, रिता थापा, भुपाल ओली, मानबहादुर रोकाय, लिला थापा रेग्मी, सत्यप्रकाश उपाध्याय र लंकबहादुर मल्ल रहेका छन् ।
नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुको सभापतित्वमा सम्पन्न भएको घोषणा सभामा प्रमुख अतिथि नेपाली काँग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर रहेका थिए ।
सोक्रममा किसान महासंघका केन्द्रिय अध्यक्ष गणेशचन्द्र तिमिल्सेना, नेपाली काँग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मी, काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रिता केसी, महासंघ बर्दियाका पुर्वअध्यक्ष महेन्द्र तिवारी, महासमिति सदस्य राजकुमार बर्मा, नेपाली काँग्रेस क्षेत्र नम्बर–३ का सभापति मोहम्मद नक्की खाँ, नेतृ उमा थापामगर चन्द लगायतले शुभ कामना मन्तब्य ब्यक्त गरेका थिए । भने नेपाल किसान महासंघ बाँकेका उपाध्यक्ष मोहम्मद याकुव अन्सारीले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन सचिव महेन्द्र मल्लले गरेका थिए ।
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई