नेपालगन्ज ८ भदौ : भारत उत्तराखण्डको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका ४ जनामध्ये ३ जनाको शव नेपाल ल्याइएको छ । शनिबार दिउँसो कञ्चनपुरको गड्डाचौकी नाका हुँदै उनीहरूको शव नेपाल घरतर्फ ल्याइएको हो ।
पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परिवार, कृष्ण परियार र पुर्ण नेपालीको शव नेपाल ल्याइएको छ । उनीहरुको शव एउटै गाडीमा ल्याइएको छ ।
यो पनि पढ्नुहोस् भारतको उत्तराखण्डमा पहिरोः दैलेख र चितवनका चार नेपालीको मृत्यु
अर्का मृतक दैलेखका दीपक बुढाको परिवारजन त्यही भएकाले त्यही अन्त्येष्टि गर्ने तयारी छ । शुक्रबार नै बद्रीनाथबाट शव लिएर आएका चितवनका मृतक आफन्तजन साँझसम्म घर पुगेर भोली अन्तिम संस्कार गर्ने तयारीमा छ ।
बिहीबार राति केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपाली कामदारको मृत्यु भएको थियो ।
उनीहरू बस्दै गरेको सडक छेउको छाप्रो पहिरोले पुरेको थियो । मृतक चारै जनाको बद्रीनाथस्थित सरकारी अस्पतालमा पोष्टमार्टम गरिएको हो ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्