नेपालगन्ज १ असोज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६ सिमलघारीका वीरेन्द्र पुनकी हराइरहेकी ३ वर्षीया छोरी लक्ष्मी पुनको शव फेला परेकोछ ।
यो पनि पढ्नुहोस् आँगनमा खेलिरहेकी वीरेन्द्र पुनकी तीन वर्षीया छोरी बेपत्ता
आईतबार राती आफ्नै घरको आँगनदेखि बेपत्ता भएकी वीरेन्द्रकी ३ वर्षीया छोरी लक्ष्मीको मङ्गलबार विहान घर नजिकैको जङ्गलमा शव फेला परेको हो ।
प्रहरी र स्थानीयबासीको अथक खोजतलासका क्रममा बेपत्ता लक्ष्मीको घर नजिकैको जङ्गलमा मंगलबार बिहान ११ बजे शव फेला परेको बाँके प्रहरीले जनाएको छ ।
घरदेखि करिब एक किलोमिटर पश्चिमतर्फको रहेको जङ्गलमा बालिकाको टाउको र एउटा खुट्टा फेला परेको ईलाका प्रहरी कार्यालय खजुराका प्रहरी निरीक्षक पुर्ण केसीले जानकारी दिए । जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा खुट्टा फेला परेको उनले बताए ।
उनका अनुसार बालिका पुनलाई बाघ वा चितुवाले खाएको अनुमान गरिएको छ । सोमबार स्थानीयबासीले बालिकाको खोतलासका क्रममा बाघ देखेको बताएका छन् । स्थानीयलाई देखेपछि बाघ रुख चढ्न खोजेको र सोक्रममा स्थानीयको भागाभाग भएको खोजतलासमा संलग्न एक स्थानीयले बताए । शव भेटिएको स्थानमा बाघको पाईला देखिएकाले बाघले नै बालिका खाएको हुनुपर्ने आँकलन गरिएको प्रहरी निरीक्षक केसीले बताए ।
बेपत्ता बालिकाको खोजिमा आईतबार रातीदेखि सोमबार दिनभर सशस्त्र प्रहरी, प्रहरीको तालिम प्राप्त कुुकुर सहित नेपाल प्रहरी, वनका कर्मचारी र स्थानीयबासी खटिएका थिए भने मङ्गलबार बिहान वनका कर्मचारी, नेपाल प्रहरी र स्थानीयले खोजतलास गर्ने क्रममा बालिकाको शव फेला परेको थियो ।
मृतक बालिका आईतबार राती करिब ८ बजेको समयमा आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा एकाएक बेपत्ता भएकी थिइन् ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ