नेपालगन्ज १८ असोज : जिल्ला प्रहरी कार्यालय बाँकेले तीन लाख ८८ हजार दुई सय भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ स्थित एक किराना पसलमा बाँके प्रहरीले छापा हानि अबैध भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसारा नेपालगन्ज–४ स्थित धिरेन्द्र सिजापतीले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा प्रहरीले पाँच सयका ६५० ओटा र दुई सयका ३१६ वटा अबैध भारतीय रुपैयाँ बरामद गरेको हो ।
तीन लाख ८८ हजार दुई सय भारतीय रुपैयाँसहित पक्राउ परेका किराना पसल सञ्चालक सिजापतीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको बाँके प्रहरीले बताएकोछ ।
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?
अपहरणकारीलाई प्रहरीले गोली हानेर समात्यो, ३८ घण्टापछि बालिकाको सकुशल उद्धार
खुलामञ्चमा काँग्रेस-कुम्भ