नेपालगन्ज ४ कार्तिक : नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले धानको पराल नजलाउन आग्रह गरेको छ ।
कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउँदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने भएकाले नजलाउन आग्रह गरिएको हो । सो पराल बेलर मेसिन अथवा अन्य विधिहरूबाट जम्मा जम्मा गर्न नार्कले आग्रह गरेको छ ।
यस्तै, धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुपर्ने सुझाएको छ ।
नार्कका अनुसार बिउ भण्डारणको लागि सुपर ब्यागको प्रयोग गर्नुपर्छ । सुपर ब्याग उपलब्ध नभएको अवस्थामा हावा नछिर्ने भाँडो (मेटल वीन, घ्याम्पो, भकारी, आदी)मा राखी बीउ भण्डारण गर्न सकिने नार्कको सुझाव छ ।
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना
घोराही मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते