नेपालगन्ज ४ कार्तिक : सरकारले सातवटै प्रदेशबाट जलनको निःशुल्क उपचार सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
कार्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकका जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे कार्यविधि तयार पारी मन्त्रिपरिषद्मा स्वीकृतिका निम्ति पेस गरेको थियो ।
अब प्रदेशस्तरबाट कोसीमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगन्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल धनगढीले यो सेवा दिनेछन् ।
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना
घोराही मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते