नेपालगन्ज ५ कार्तिक : जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जको एक कपडा गोदाममा छापा मार्दै एउटा जीपसहित अवैधरुपले भण्डारण गरिएको ठूलो परिमाणको अवैध लत्ताकपडा, जीपसहित दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार बिहानै नेपालगन्ज–२ घरबारी टोलस्थित एक कपडा गोदाममा आफैं पुगेका जिल्ला प्रहरी बाँकेका एसपी तुलबहादुर कार्कीको कमाण्डको टोलीले अवैधरुपमा भण्डारण गरिराखेको अवस्थामा ३ लाख ८५ हजार २ सय रुपैयाँ बराबरको कटन र उलनको कुर्ता सुरुवाल, स्वेटर बरामद गरेको हो ।
प्रहरीले उक्त गोदामबाट कपडा ढुवानी गर्न राखिएको ७ लाख रुपैयाँको एउटा जीपसहित ढुवानीमा संलग्न रहेका दुई जनालाई पनि पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।
बरामद गरिएको लत्ताकपडा र जीप गरि जम्मा १० लाख ८५ हजार २ सय रुपैयाँ बराबरको सामाग्री र दुई जनालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना
घोराही मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते