File Photo
नेपालगन्ज ७ कार्तिक : बाँकेको राप्तीसोनारी गाउँपालिका–६ बाट करिब ४ लाख रुपैयाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् ।
राप्तीसोनारी गाउँपालिका–६ स्थित सञ्जय रानाको घरमा जुवा खेली रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्की नेतृत्वको टिमले छापा मार्दा जुवा खालबाट नगद ३ लाख ९१ हजार रुपैयाँ सहित २० जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तिहार नजिकिएसँगै बाँकेमा जुवातास खेल्नेहरू सक्रिय हुन थालेपछि प्रहरी पनि सक्रिय भएर सो रोक्न लागि परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी कार्कीले बताए ।
उनले जिल्लामा जुवा हुने सम्भावित स्थान र खेलाउने व्यक्तिहरू बारे प्रहरीले धेरै सूचना सङ्कलन गरिसकेको जनाउँदै यस पटक जुवातास निमन्त्रण अभियानलाई कडा पारिएको बताए ।
यसअघि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले जयसपुरबाट १५ जना जुवाडे पक्राउ गरेको थियो । हरेक वर्ष तिहारको समयमा जिल्लामा जुवातासका घटना बढ्ने भएकाले प्रहरीले निगरानी बढाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले ठाउँ–ठाउँमा सुराकी प्रहरी परिचालन गरेर निगरानी गरिरहेको बताए ।
उनका अनुसार जुवातासका कारण धेरै परिवार समस्यामा पर्ने गरेकोले कानूनले बर्जित गरेका यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी चनाखो रहेको छ ।
दशैँ, तिहार, छठ लगायतका चाडपर्वमा मानिसहरूको ठाउँठाउँमा जमघट हुने र यही मौकामा जुवातास समेत खेल्ने गरेको पाइएपछि प्रहरीले सम्भावित क्षेत्रको पहिचान नै गरेर निगरानी बढाएको छ ।
दशैँ र तिहारलाई लक्षित गरेर तयार गरिएको सुरक्षा योजना अनुसार प्रहरीले सबै सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा व्यवस्था गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी