नेपालगन्ज ९ कार्तिक : पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याजदर करिब साढे ३ प्रतिशतसम्मले घटेको छ ।
पछिल्लो दुई वर्षयता अर्थतन्त्रमा देखिएको शिथिलतासँगै कर्जामा माग समेत घटेको छ । नेपालमा वार्षिक औसत करिब २० प्रतिशतले कर्जा विस्तार हुने गरेकोमा पछिल्लो दुई वर्षको कर्जा विस्तार करिब ६ प्रतिशत मात्रै छ ।
निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार न्यून हुँदा ब्याजदर लगातार घटेको छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै आधार ब्याजदर निरन्तर घटेको छ । २०७९ पुष मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.९१ प्रतिशत पुगेकोमा २०८१ भदौ मसान्तमा ७.४९ प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांक छ ।
पछिल्लो २० महिनामा वाणिज्य बैंकहरूको औसत आधार दर नै ३.४१ प्रतिशत बिन्दुले झरेको छ । असोजमा वाणिज्य उनीहरूको औसत आधार दर ७.३५ प्रतिशतमा झरेको छ । आधार दर झरेसँगै कर्जाको भारित औसत ब्याजदर पनि घट्दै गएको छ ।
यो पनि पढ्नुहोस् कात्तिक महिनाका लागि पनि घट्यो ब्याजदर
बैंकहरूले प्रकाशित गरेको असोजको आधार दर हेर्दा सबैभन्दा सस्तो कर्जा संयुक्त लगानीका स्ट्याण्डर्ड चार्टर्ड र एभरेस्ट तथा सरकारी लगानीका राष्ट्रिय वाणिज्य र नेपाल बैंकमा छ ।
यस्तै कर्जाको ब्याजदर उच्च पर्ने बैंकमा भने एनआईसी एसिया र हिमालयन बैंक छन् । असोजको आधार दर स्ट्याण्डर्ड चार्टर्डको ६ प्रतिशतभन्दा तल झरेको छ । २०८० असोजमा ८.४७ प्रतिशत रहेको बैंकको आधार दर २०८१ असोजमा ५.७१ प्रतिशतमा झरेको हो ।
यस्तै राष्ट्रिय वाणिज्य बैंकको आधार दर २०८० असोजमा ८.७० प्रतिशत रहेकोमा २०८१ असोजमा ६.१५ प्रतिशतमा झरेको छ । नेपाल बैंकको आधार दर ९.६५ प्रतिशतबाट ६.७२, एभरेस्ट ९.४१ बाट ६.८०, नबिल ९.५८ बाट ७.०२ प्रतिशतमा झरेको छ ।
कृषि विकास बैंकको आधार दर ७.०७ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगाको ७.०८ प्रतिशत छ । यी बैंकका आधार दर २०८० असोजमा क्रमशः १०.४५ प्रतिशत र ९.९९ प्रतिशत थियो ।
यता, कर्जा लिन ग्राहकलाई सबैभन्दा महँगो ब्याजदर एनआईसी एसिया र हिमालयनमा पर्ने देखिएको छ । एनआईसीको आधार ८.३७ प्रतिशत र हिमालयनको ८.३५ प्रतिशत छ । २०८० असोज मसान्तमा यी दुईको आधार दर क्रमशः १०.९६ र १०.८६ प्रतिशत थियो ।
२० मध्ये १८ वाणिज्य बैंकको आधार दर भने ८ प्रतिशतभन्दा तल झरेको छ । ८ प्रतिशतभन्दा तल आधार दर झरेको बैंकमा २ प्रतिशत प्रिमियम थप भए कर्जाको ब्याजदर एकल अंकमा नै रहने देखिन्छ । बैंकहरूले केही कर्जा प्रडक्ट बाहेक अधिकांशमा ०.५ देखि २ प्रतिशत प्रिमियममा कर्जा दिने अफर सार्वजनिक गरिरहेका छन् ।
वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म मात्रै प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्ने निर्णय गरेको थियो । अहिले अधिक तरलता भएको अवस्थामा बैंकहरूले उक्त दरमा प्रिमियम लिने अवस्था नभएको र कुनै पनि कर्जामा ५ प्रतिशत प्रिमियम जोडेर कर्जा लगानी नगरेको बैंकर बताउँछन् ।
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना
घोराही मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते