नेपालगन्ज १ मंसिर : नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।
यो मूल्य शनिबार(आज) मध्यराति १२ बजेदेखि लागू हुनेछ ।
मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०.५० रुपैयाँ कायम भएको छ ।
यस्तै सुर्खेत र दाङमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाडौं, पोखरा र दिपायलमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । तर, पेट्रोलको मूल्य भने बढाइएको छैन ।
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना
घोराही मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते