कोहलपुर ८ मंसिर : इलाका प्रशासन कार्यालय कोहलपुरले पछिल्लो चार महिनामा ७८ लाख १५ हजार रुपैयाँ राजस्व उठाएकोछ । चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गर्दै ईलाका प्रशासन कार्यालय कोहलपुरले कार्तिक महिनामा मात्र २४ लाख ९५ हजार राजस्व उठाएको जनाएको छ ।
चालू आवको असोज मसान्तसम्म तीन महिनामा ५३ लाख २० हजार रुपैयाँ राजस्व उठाएको इलाका प्रशासन कोहलपुरले कार्तिक महिनामा मात्र करीब त्यसको आधा २४ लाख ९५ हजार रुपैयाँ उठाउन सफल भएको हो ।
कोहलपुर नगरपालिका संगै बैैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका केही वडालाई इलाका प्रशासन कार्यालय कोहलपुरले सेवा प्रवाह गर्दै आएको छ ।
दशैँ र तिहारका बेला कार्यालय कम खुल्ने भए पनि सेवा प्रवाह बढी हुने गरेका कारण यो अवधिमा राजस्व पनि बढी उठ्ने गरेको इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख मनोजकुमार चौधरीले बताए ।
‘अघिपछि सामान्यतया दैनिक १५÷२० वटा नागरिकता र पासपोर्ट इस्यु हुन्छन्,’ प्रमुख चौधरीले भने, ‘तर यो अवधिमा दैनिक ४०÷५० वटा नागरिकता र त्यति नै सङ्ख्यामा पासपोर्ट इस्यु हुने गरेका छन् ।’ चाडबाडका बेला जिल्ला फर्केका मानिसहरूका कारण यो समयमा कार्यालयमा चाप बढी हुने गरेको उनले बताए ।
चालू आवको हालसम्ममा इलाका प्रशासन कार्यालय कोहलपुरले एक हजार २ सय ७८ जनालाई वंशजका आधारमा नागरिकता प्रदान गरेको छ । त्यसैगरी, ९ जनालाई वैवाहिक अंगीकृत नागरिकता, ७ जनालाई जन्मका आधारमा वंशज नागरिकता र एक हजार ५ सय ३ जनालाई नागरिकताको प्रतिलिपी प्रदान गरिएको छ । चालू आवको कार्तिक मसान्तसम्म कसैले पनि अंगीकृत नागरिकता नलिएको इलाका प्रशासन कार्यालय कोहलपुरले जनाएको छ ।
यो अवधिमा एक हजार १ सय ९० जनालाई राहदानी, ४ हजार ४ सय ४८ जनालाई राष्ट्रिय परिचयपत्र र ३५ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ । त्यस्तै, ६१ जनाले जातीय सिफारिस प्राप्त गरेको प्रगति विवरणमा उल्लेख छ ।
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना
घोराही मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते