नेपालगन्ज १४ मंसिर : बाँकेको जानकी गाउँपालिका –४ छत्रपुर र खजुरा गाउँपालिका –४ चल्तुवास्थित किरण नालामा चार वर्षअघि पक्की पुल निर्माणको काम शुरु भए पनि अहिलेसम्म फाउण्डेशन (जग) को काम पूरा हुन सकेको छैन ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सडक पूर्वाधार कार्यालय नेपालगञ्जमार्फत गाल्वा सिद्धार्थ दर्शन जेभीले २०७७ फागुन १९ गते पाँच करोड ३२ लाख रुपियाँमा पुल निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको फाउण्डेशनको विवादमा सम्झौता अवधि नै समाप्त भएको छ ।
सम्झौताअनुसार २०८० असार २५ गतेसम्म नयाँ पुल निर्माण भइसक्नुपर्ने थियो । खजुरा –४ चल्तुवाका बुद्धिकुमारी थापाले पुल निर्माण अलपत्र भएर आफूहरुले दुःख मात्र पाएको बताए ।
थापाले भने, ‘पुल निर्माण सुरु भएपछि उत्साहित भएका दुबै पालिकाका बासिन्दा चार वर्षसम्म फाउण्डेशनको खाल्डो हेरेर चित्त बुझाउनुपर्ने अवस्था छ ।’ पुल निर्माणका लागि जमिनमुनि निर्माण गरिएको पायल फाउण्डेशनको काम गुणस्तरीय नभएको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जले जनाएको छ ।
पायल फाउण्डेशन गुणस्तरीय नभएपछि करिब तीन वर्षदेखि पुल निर्माण कार्य अघि बढ्न सकेको छैन । पुलका लागि निर्माण गरिएका ५० वटा पायलकै फाउण्डेशनमै समस्या देखिएको सडक पूर्वाधार कार्यालयले जनाएको छ ।
पुनः फाउण्डेशन बनाउने वा अन्य विकल्पमा जाने भन्ने एकिन हुन सकेको छैन । सडक पूर्वाधार कार्यालय नेपालगन्जका प्रमुख दीपक खड्काले किरण नाला अन्तर्गत चल्तुवामा निर्माणाधीन पुल समस्याग्रस्त देखिएको बताए । उनले मन्त्रालयमा आवश्यक समन्वय गरी तत्काल काम अघि बढाउन कार्यालयका तर्फबाट पहल गर्ने बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी