नरैनापुरबाट गाई काट्ने दुईजना मासुसहित पक्राउ


नरैनापुरबाट गाई काट्ने दुईजना मासुसहित पक्राउ

सांकेतिक तस्विर

नेपालगन्ज : कारोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दीका बीच बाँकेमा गाई काटिएको घटना बाहिरिएकोछ । बाँकेको नरैनापुर गाँउपालिकाबाट (आज) मङ्गलबार गाई काटेको आरोपमा दुईजनालाई हिरासत लिइएको छ ।

ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलका अनुसार लुकाईछिपाई राखेको मासु र दुईजनालाई नियन्त्रणमा लिएको बताए ।

मंगलबार बिहान करिब ९ बजेतिर गाई काट्दै गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गाई काट्दै गरेको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको र अन्य केही फरार भएको सिग्देलले जानकारी दिए ।  प्रहरीले बरामद गरेको मासु परीक्षणका लागि नेपालगन्ज स्थित विधि विज्ञान प्रयोगशाला पठाईएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको छ ।

नरैनापुरमा गाइ काट्नु नयाँ घटना होइन । यद्यपी सरकारले लगाएको लकडाउनका बीच गाई काटिएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी तर्फ प्रहरी प्रशासनको ध्यायन गइरहेका बेला गाई काट्ने क्रम बढेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

बाँकेका विभिन्न ठाँउमा अझ पनि खुलेयाम गाई काटिएका घटनाहरु सार्वजनिक हुदाँ पनि बाँके प्रशासन र प्रहरीले प्रभावकारी कार्य गर्न सकेको छैन । यसरी पेसेवररुपमै गाई काट्ने गिरोहको प्रहरी र प्रशासनबीचको सेटिङ्ग हुने गरेको यसअघिका घटनाबाट प्रष्ट भइसकेकाछन् । अझ यी गिरोह हातहतियारसहित बन्दोबस्तरुपमा गाई काट्ने र गाईको मासु बाँकेका विभिन्न ठाँउ, हुदै पोखरा काठमाण्डौंसम्म पु¥याउने गर्दछन् ।