अर्थमन्त्री र नेपालका लागि फिनल्याण्डका राजदूतबीच भेट


अर्थमन्त्री र नेपालका लागि फिनल्याण्डका राजदूतबीच भेट

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीननबीच भेटवार्ता भएको छ ।

अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रर्बधन, लगानी अभिबृद्धि तथा कोभिड–१९ महामारीको नियन्त्रण लगायत विषयमा छलफल भएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।

Kanti Aarogya Hospital Nepalgunj

राजदूतले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराउँदै नेपालसँग सहकार्य गर्दै सहायता अभिबृद्धि गर्दै जाने बताए ।

भेटमा अर्थमन्त्रीले नेपाल र फिनल्याण्डबीच सदैव सुखद् र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिएको उक्त विज्ञप्तीमा उल्लेखछ ।