काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीननबीच भेटवार्ता भएको छ ।
अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रर्बधन, लगानी अभिबृद्धि तथा कोभिड–१९ महामारीको नियन्त्रण लगायत विषयमा छलफल भएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।
राजदूतले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराउँदै नेपालसँग सहकार्य गर्दै सहायता अभिबृद्धि गर्दै जाने बताए ।
भेटमा अर्थमन्त्रीले नेपाल र फिनल्याण्डबीच सदैव सुखद् र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिएको उक्त विज्ञप्तीमा उल्लेखछ ।
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै
‘सुरुङभित्र अझै सम्भावित जीवनहरू छन्’
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं