प्रधानमन्त्री ओलीद्वारा नेपालकै दोस्रो लामो पुल उद्घाटन

लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्दै


प्रधानमन्त्री ओलीद्वारा नेपालकै दोस्रो लामो पुल उद्घाटन

दाङ १२ माघ : प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको सिसहनियाँ–महादेवा जोड्ने पक्की पुलको उद्घाटन गरेका छन् ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको उक्त पुल निमार्ण सम्पन्न भएपछि आज प्रधानमन्त्री ओलीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको यो पुल नेपालको दोस्रो लामो पुल हो ।

करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको थियो ।

८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबिच प्रधानमन्त्री दाङ जाने कार्यक्रम तय भएपछि हिजो नेकपाको प्रचण्ड–माधव समुहले प्रधानमन्त्रीको विरोधमा मसाल जुलुस निकालेको थियो ।

प्रधानमन्त्री ओलीले राप्ती पुलको उद्घाटन गरेपछि राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी देउखुरीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।