लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्दै
दाङ १२ माघ : प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको सिसहनियाँ–महादेवा जोड्ने पक्की पुलको उद्घाटन गरेका छन् ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको उक्त पुल निमार्ण सम्पन्न भएपछि आज प्रधानमन्त्री ओलीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको यो पुल नेपालको दोस्रो लामो पुल हो ।
करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको थियो ।
८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ ।
यसैबिच प्रधानमन्त्री दाङ जाने कार्यक्रम तय भएपछि हिजो नेकपाको प्रचण्ड–माधव समुहले प्रधानमन्त्रीको विरोधमा मसाल जुलुस निकालेको थियो ।
प्रधानमन्त्री ओलीले राप्ती पुलको उद्घाटन गरेपछि राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी देउखुरीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही