निजी क्षेत्रका आयोजनाको सुरक्षाका लागि छुट्टै युनिट


निजी क्षेत्रका आयोजनाको सुरक्षाका लागि छुट्टै युनिट

File Photo

काठमाण्डौं २० माघ : सरकारले निजी क्षेत्रबाट सञ्चालन हुने ठूला आयोजनाको सुरक्षाकालागि छुट्टै युनिट खडा गरि सुरक्षा दिने भएकोछ । यसका लागि निजी क्षेत्रबाट सञ्चालनमा रहेका ठूला आयोजनाको सुरक्षामा छुट्टै सुरक्षा युनिटको राखेर सुरक्षा दिइने भएको हो ।

४८ औं राष्ट्रिय विकास समस्या समाधानको बैठकले निजी क्षेत्रबाट सञ्चालित ठूला आयोजनाको सुरक्षा व्यवस्थापनमा छुट्टै मापदण्ड बनाएर कार्यान्वयनमा ल्याउन गृह मन्त्रालयलाई जिम्मेवारी तोकेपछि यस्तो अवधारणा ल्याइएको हो । गृह मन्त्रालयले ३ महिनाभित्रै यस्तो संयन्त्र निर्माण गरी लागू गर्ने गरी जिम्मेवारी पाएको राष्ट्रिय योजना आयोगले जानाएकोछ ।

आयोगका अनुसार निजी क्षेत्रबाट सञ्चालनमा रहेका ठूला आयोजनाको सुरक्षा व्यवस्थापनको जिम्मेवारी विद्यमान सुरक्षा जनशक्तिबाटै हुँदा जनशक्ति अभाव भएको निष्कर्षमा सरकार पुगेको छ ।

यसले आयोजनामा खटिने जनशक्तिको प्रोत्साहन, सेवा–सुविधा उपलब्ध गराउन समेत समस्या भएको निष्कर्ष सरकारको छ । यस्ता आयोजनाका लागि सरकारको तर्फबाट समेत ठूलो रकम खर्च भइरहेको भन्दै छुट्टै संयन्त्रको अवधारणा ल्याइएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य संचालन, सुपरीवेक्षण र समन्वयं ऐन, २०७५ अनुसार नेपाल सरकारले तोकेका महत्वपूर्ण व्यक्ति, स्थान, निकाय, राष्ट्रिय महत्वका आयोजना, अन्तराष्ट्रिय विमानस्थल, राष्ट्रिय राजमार्ग, राजमार्ग र विदेशी कुटनीतिक नियोगको सुरक्षा गर्ने जिम्मा नेपाल प्रहरीको रहेको छ ।

अर्कोतर्फ निजी क्षेत्रका सुरक्षा प्रदान गर्ने निकाय र सुरक्षाकर्मीले अपनाउनु पर्ने मापदण्ड निर्धारण गरी कार्यान्वयन गराउने जिम्मेवारी समेत प्रहरीको हो ।