नेपालगन्ज २६ माघ : बाँके राष्ट्रिय निकुञ्जले २ थान भरुवा बन्दुकसहित थप तीन जनालाई नियन्त्रणमा लिएकोछ ।
पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालिका–३, बस्ने २० वर्षका वीरबहादुर पुन मगर, ३८ वर्षका रमेश घर्ती र २६ वर्षका खेमबहादुर थापालाई दुई थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो ।
बाँके राष्ट्रिय निकुञ्जले निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त गस्तीमा यसअघि सातौं चरणको ‘अप्रेशन महाहण्ट’ अन्र्तगत ‘खैरीगोठ अपरेशन’बाट पक्राउ परेका ९ जनामाथि गरिएको अनुसन्धानबाट खुल्न आएका थप तीन जनालाई नियन्त्रणमा लिइएको जनाएकोछ ।
वन्यजन्तु र मानिसको क्रियाकलाप निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जमा जडान गरिएको सीसि क्यामेराको मदतले माघ २२ गते ७ थान भरुवा बन्दुक सहित ९ जनालाई नियन्त्रणमा लिइएको थियो ।
निकुञ्ज क्षेत्रभित्र बन्दुक बोकी आउनेजाने गरिएको फोटो निकुञ्जमा जडिट सीसि टिभीमा देखिएको र सूचनाका आधारमा निगरानी बढाउदाँ बाँके निकुञ्जले सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर २ र ३ बाट ७ थान भरुवा बन्दुक सहित ९ जनालाई नियन्त्रणमा लिई कारबाही अघि बढाएको थियो ।
निकुञ्ज क्षेत्रभित्र राखिएको सिसी क्यामेरामा बन्दुक बोकेर आउने जाने गरेको दृश्य देखिएपछि सल्यानको कालिमाटी क्षेत्रमा निकुञ्ज र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीमेहर गणको संयुक्त गस्तीबाट उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए । निकुञ्जले उनीहरुमाथि अनुसन्धान अघि बढाएको जनाएकोछ ।
यो पनि पढ्नुहोस्
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही