लोकतान्त्रिक समावेशी व्यवसायीद्वारा भेटघाट तिव्र


लोकतान्त्रिक समावेशी व्यवसायीद्वारा भेटघाट तिव्र

कोहलपुर १२ फागुन : कोहलपुर उद्योग वाणिज्य संघको आगामी फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक समावेशी व्यवसायी समूहले व्यवसायी भेटघाट तिव्र पारेकोछ ।

‘व्यवसायिक एकता, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ निर्वाचनमा होमिएको लोकतान्त्रिक समावेशी व्यवसायीले यतिबेला कोहलपुर क्षेत्रमा आफ्नो ब्यस्तता तिव्र बनाएको हो ।

संघको निर्वाचनमा मतपरिणाम आफ्नो पक्षमा पार्न उक्त समुहका अध्यक्ष पदका दावेदार लक्ष्मणराज पौडेल नेतृत्वको लोकतन्त्रीक समावेशी व्यवसायी दिनरात व्यवसायी भेटघाट गरिरहेकोछ । मतादाता रिझाउन लोकतान्त्रिक प्यानल लागि परहेको हो ।

कोहलपुरक्षेत्रका उद्योगी, ब्यापारीबीच राम्रो छवि बनाएको अध्यक्षका दावेदार लक्ष्मणराज पौडेलको समुहले बुधबार कोहलपुर नगरपालिका वडा नम्बर १४ का चौधरीया, गोहवा, चन्नाहवा, रंगिला चोक, चौधरीय गाउँ र मदनचोकका व्यवसायीहरुसँग भेटघाट गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

अध्यक्ष पदका उम्मेदवार लक्ष्मणराजले व्यवसायी भेटघाटमा आफ्ना एजेण्डा प्रस्तुत गर्दै निर्वाचनमा प्यानल जिताउन लागि परेकाछन् ।

उनले मतादाता भेटमा व्यवसायीका गुनासा, समस्या र सवाललाई बुँदागतरुपमा सम्बोधन गर्दै संघ र कोहलपुरक्षेत्रको उद्योगी, ब्यवसायीहरुलाई सशक्त एवम् सुदृढ गराउने, पेशागत तथा विषयगत संघ, संस्थाहरुबीच आपसी सहकार्य गरि अघि बढ्ने बताए ।

लोकतान्त्रिक समावेशी समूहबाट वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार प्रदीप भट्टराईले कोहलपुर क्षेत्रमा व्यवसायिक हक र हितका लागि विशेष नीति लिने भन्दै कोरोना भाईरसले शिथिल बनाउको ब्यापार, व्यवसायका लागि विशेष प्याकेजको कार्यक्रम ल्याउने बताए ।

मतदाता भेटघाटलाई तिव्र बनाएको लोकतान्त्रिक समावेशी प्यानलको जीतसंगै कोहलपुर क्षेत्रका सबै व्यवसायी, उद्योगीहरुका घरदैलोमा पुगी साना तथा मझौला लद्यु उद्यममा यूवा तथा महिलाहरुको सक्रियतासगैं लगानीको वातावराण सृजना गरिने महासचिव पदका उम्मेद्वार मात्रिका सापकोटाले बताए ।

यस्तै मतादाता भेटघाट गरिरहेको लोकतान्त्रिक समावेशी व्यवसायीबाट उद्योगतर्फका उपाध्यक्ष पदका उम्मेदवार चण्डीप्रसाद गैरेले व्यवसायीहरुका मागहरुलाई आफ्नो समूहले गम्भीर रुपमा आत्मासाथ गर्दै समस्या समाधानका लागि विशेष नीति लिने बताएका छन् ।

लोकतान्त्रिक राज्य व्यवस्थामा खुल्ला रुपमा व्यापार व्यवसाय गर्न पाउने भएकाले लोकतन्त्रधर पक्षलाई मतदान गरि बिजय गराउन लोकतान्त्रिक समावेशी व्यवसायी समूहले मतदाता व्यवसायीहरुलाई आग्रह गरेकाछन् ।