सडक विगार्ने टिप्पर र ट्रयाक्टर कारबाही गर्दै ट्राफिक प्रहरी


सडक विगार्ने टिप्पर र ट्रयाक्टर कारबाही गर्दै ट्राफिक प्रहरी

नेपालगन्ज १५ फागुन: जिल्ला ट्राफिक कार्यालय बाँकेले ट्राफिक गतिविधिलाई तिव्रता दिएकोछ । ट्राफिक ब्यवस्थापनसंगै सवारीसाधन चेकजाँचलाई तिव्रता दिएको बाँके ट्राफिकले दिनहुँजसो ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन र चालकलाई कारबाही गर्दै आएकोछ ।

मापसे गरि सवारी साधन चलाएको, ओभरलोड, ब्लुबुक, लाइसेन्स चेकजाँचमा जिल्ला ट्राफि कार्यालयले कडा निगरानी राख्दै आएकोछ ।

यसैबीच नदिजन्य पदार्थ बोकी पानी चुहाँउदै गुडेका सवारी साधन कारबाहीमा परेकाछन् । नेपालगन्ज फुल्टेक्रास्थित ट्राफिक पोष्टले यसरी गुडेका सवारी साधनमाथि कारबाही गरेको हो ।

फुल्टेक्रा ट्राफिक पोष्टका प्रमुख ट्राफिक प्रहरी सहायक निरीक्षक दमन सेन यतिबेला सो क्षेत्रमा ट्राफिक चेकजाँचलाई कडाईका साथ अघि बढाइरहेकाछन् । हालै सरुवा भइ आएका ट्राफिक प्रहरी सहायक निरीक्षक सेनले राप्ती नदीबाट बालुवा र ग्राभेल ओभरलोड गरि आएका २५ वटा ट्रयाक्टर र टिप्परलाई नियन्त्रणमा लिई कारबाही समेत गरेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

आफूखुसी मनोमानी ढंगले नदिजन्य पदार्थ उत्खनन गरि ट्राफिक नियमविपरित ढुवानी गर्दै आएका ती ट्राक्टर कारबाहीमा परेका हुन् । उनले भने नियम बिपरित सडकभरी पानी चुहाँउदै गुडेका ट्रयाक्टर र टिप्परलाई कारबाही गरि जरिवाना समेत गरेको बताए । उनका अनुसार जरिवाना बापत २२ हजार राजस्व संकलन गरिएकोछ ।

केही समयअघि सो क्षेत्र भएर गुड्ने टिप्पर र ट्रयाक्टरका कारण राप्ती नदि नजिकको सडक हिलाम्य र धुलाम्मे हुनुका साथै सडक विग्रिएको थियो । स्थानीय स्तरबाट टिप्पर र ट्रयाक्टर आतंक रोक्न बाँके प्रशासनलाई आग्रह गरिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले नियमविपरित गुड्ने टिप्परलाई नियन्त्रणमा लिई कारबाही गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेले टिप्पटर र ट्रयाक्टरलाई कारबाही गर्दा भएको सहमतिले सो क्षेत्रमा विग्रिएको सडक मर्मत गर्नुका साथै ओभरलोड तथा पानी चुहाउदै नहिड्ने सहमती भएको थियो ।

उक्त सहमति विस्तारै कार्यान्वयन हुन छाडेपछि नेपालगन्जको फुल्टेक्रा स्थित ट्राफिक प्रहरीले नदिजन्य पदार्थ बोक्ने सवारीसाधनलाई कारबाही गर्दै जरिवाना तिराएको हो ।