बर्दियामा आत्महत्याको घटना बढेपछि सरोकारवालाको चासो


बर्दियामा आत्महत्याको घटना बढेपछि सरोकारवालाको चासो

बर्दिया २५ फागुन : बर्दियामा पछिल्लो केहि वर्षयता आत्महत्या गर्नेको सख्यामा बृद्धि हुदै गएको पाइएको छ । आत्महत्याका घटना बढ्दै गएपछि बर्दियाका सरोकारवालाले चासो र चिन्ता ब्यक्त गरेकाछन् ।

मानसिक स्वास्थ्य समस्याका कारण ब्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार तथा सम्बन्धमा असर परेपछि मानिसहरु आत्महत्या गर्न बाध्य हुन थालेपछि यसप्रति बर्दियाका सम्बध सरोकारवालाले चासो दिएका हुन् ।

नेपालमा प्रमुख मानसिक स्वास्थ्य समस्याहरु मध्ये डिप्रेशन वा उदाशिनताको समस्या, चिन्ताजनक समस्या, कडा खालको मानसिक स्वास्थ्य समस्या, छारेरोग, लागुपदार्थको दुव्र्यसन, आघात जस्ता घटनापश्चात देखिने तनावपुर्ण अवस्था, कन्र्भजन डिर्सअडर, बालबालिका तथा किशोरकिशोरीमा भावनात्मक तथा व्यबहारिक समस्याका कारण आत्महत्या हुने गरेको बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरी बताउँछन् । उनका अनुसार मानसिक स्वास्थ्य समस्याका रुपमा रहेका यी स्वास्थ्य समस्या देखिएकै कारण आत्महत्याका घटना बढ्दै गएको वरिष्ठ जनस्वास्थ्य अधिकृत गीरीले बताए ।

मानसिक रोगको सयमै उपचार गरे सामान्य अवस्थामा फर्कन सकिने अवस्था रहे पनि सहि उपचार तथा परामर्श नभएकै कारण आत्महत्याको बाटो रोज्ने गरेको उनी बताँउछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्ला प्रहरी कार्यालय बर्दियाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन अन्तिम सातासम्म बर्दियामा ८२ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहिका अनुसार चालु आर्थिक वर्षको हालसम्म ८२ जनाले आत्महत्या गरिसकेका छन् ।

उनका अनुसार आत्महत्या आफैमा अपराध नभएपनि त्यसलाई रोगको रुपम हेरेर मानसिक स्वास्थ्य उपचार गरिए आत्महत्या न्यूनिकरण गर्न सकिने बताए । यसका लागि स्थानीय स्तरबाटै मनोसामाजिक विमर्शकर्ता उत्पादन गर्न आवश्यक रहेको उनको सुझावछ ।

यता नेपाल प्रहरीको केन्द्रिय तथ्याङ्घ अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६ हजार २ सय ७९ जना व्यक्तिले आत्महत्याबाट ज्यान गुमाएका छन । जसमध्ये २ हजार १ सय ९८ जना महिला, ३ हजार ४ सय १९ पुरुष रहेका छन् भने २ सय ५२ जना बालक, ४ सय १० जना बालिका रहेका छन ।

यो सख्या अघिल्लो आर्थिक वर्षको भन्दा ९.१२ प्रतिशले बढेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नेहरुमा यी समस्या पाइन्छ

मानसिक स्वास्थ्य समस्याको लक्षणमा निरासाबादि सोन्चहरु, निर्णय गर्न नसस्कनु, आत्महत्या सम्वन्धि सोचाई आउनु, चिन्ता लागी रहनु यर्थाथफरक नभएका सोचाई, स्मरण शक्तिमा हस आउनु, दुखि महसुस गर्नु, आत्तिनु डराउनु, अत्याधिक खुसी महसुस गर्नु आफूलाई दोषि महसुस गर्नु बर्वराउनु सामाजिक सञ्जालबाट टाढा रहनु, आक्रामक व्यवहार देखाउनु सरसफाईमा ध्यान नदिनु मानसिक स्वास्थ्य समस्याको लक्षण रहेको पाइन्छ । यस्तै कारणले मानिसले अनाहकमै आफनै ज्यान फाल्ने गरेको पाइएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष आत्महत्याको कारण ८ लाख मानिसहरुको मृत्यु हुने गरेको छ । एक आत्महत्या हुँदा २० जना व्यक्तिले आत्महत्या गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरुले आत्महत्या गर्न गम्भीर रुपमा सोचेका हुन्छन् ।