सीसीएमसीद्वारा नेपाल–भारत यातायात सञ्चालन गर्न सिफारिस

भन्सार तिरेर भारतीय नम्बर प्लेटका यातायात नेपाल आउन पाउने


सीसीएमसीद्वारा नेपाल–भारत यातायात सञ्चालन गर्न सिफारिस

नेपालगन्ज ५ चैत : नेपाल–भारत यातायात सञ्चालन गर्न सिफारिस गरिएकोछ ।

नेपालमा कोरोना भाइरस संक्रमण देखिएसंगै नेपाल भारत यातायात सञ्चालनमा रोक लगाइएको थियो । तर, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपाल र भारत बीचमा यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाल–भारत यातायताका १३ वटा रुटबाट पूर्ववत् रुपमा यातायात सञ्चालनको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए ।
त्यसका लागि यात्रीहरुले पूर्ण रूपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टाअगाडिको पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने उनको भनाइ छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसैगरी, बैठकले नेपाल–भारत सीमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ ।
गत वर्ष चैत ११ गतेदेखि कोभिड–१९ संक्रमणका कारण नेपालमा लकडाउन गरिएपछि नेपाल–भारत यातायात हालसम्म ठप्प रहेको छ ।

यातायातका साधन ठप्प भए पनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवत–जावत भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सीसीएमसीका सचिव बरालले बताए ।