लकडाउनका नाममा मूल्यबृद्धि भए यी नम्बरमा फोन गर्नुहोस्


सेतोखरी सेतोखरी   शुक्रबार, वैशाख १०, २०७८
लकडाउनका नाममा मूल्यबृद्धि भए यी नम्बरमा फोन गर्नुहोस्

नेपालगन्ज १० वैशाख : लकडाउनका नाममा खाद्यान्न, तरकारी लगायतका उपभोग्य सामानमा मूल्य बृद्धिसगैं कृत्रिम अभाव सृजना भएको थाहा पाए तत्तकाल फोन गर्न आग्रह गरिएकोछ ।

नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा यस्तो जानकारी सार्वजनिक गरेकी हुन् ।

उपमेयर थापाले अगाडी लेखेकि छन् ‘अहिलेको बन्द हाम्रो बाध्यता हो । हाम्रो यो बाध्यताको अनुचित लाभ लिनेहरुबाट तपाईं पीडित हुनुहुन्छ वा थाह पाउनु भएको छ भने हामीलाई तपसिलको नम्बरमा सूचना दिएर सहयोग गर्न हार्दिक अनुरोध छ ।’

उनले लकडाउनकै नाममा मूल्यबृद्धि, ठगि तथा कृत्रिम अभाव सिर्जना गर्ने ब्यापारी व्यवसायीलाई कारबाही गरिने समेत जानकारी दिइन ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार दीपेन्द्र श्रेष्ठको ९८४१६८८५५८, दीर्घराज उपाध्यायको ९८५८०७०१८८, कृष्ण पौडेलको ९८५८०३३२२७ मा सम्पर्क गर्न आग्रह गरेकी छन् ।

शुक्रबार नै बसेको संयुक्त बजार अनुगमन टोलीको बैठकले लकडाउनका नाममा अचाक्लिलाक्दो मूल्य बृद्धि र कृत्रिम अभाव सिर्जना भएको गुनासो आएपछि यसका लागि एक्सनमा उत्रिएको हो ।

उक्त टोलीले शुक्रबार नेपालगन्जमा संयुक्त बजार समेत अनुगमनका क्रममा तरकारी लुकाई छिपाई भण्डारण गरि राखेको एक तरकारी पसल र बील जारि नगर्ने, खरिद बील नराख्ने र मूल्य सूची अद्यावधिक नगर्ने ४ वटा तरकारी पसललाइ बीस÷बीस हजार रुपैंया तत्काल जरिवाना स्वरुप कारबाही गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर सहित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतम लगायतको बजार अनुगमन टोलिले नेपालगन्जको मुख्य तरकारी बजार रानीतलाउ र बिपिचोक क्षेत्रमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा मूल्य बृद्धि नगर्न, कृत्रिम अभाव सृजना नगर्न, मूल्य सूची राख्न र अनुचित व्यावसायिक क्रियाकलाप नगर्न व्यवसायीलाई निर्देशन दिईएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए ।