अक्सिजन उद्योग सुरक्षाको जिम्मा प्रहरीलाई


अक्सिजन उद्योग सुरक्षाको जिम्मा प्रहरीलाई

File Photo

नेपालगन्ज २१ वैशाख : देशभरका अक्सिजन उद्योगको सुरक्षामा नेपाल प्रहरीले गर्ने भएकोछ ।

कोरोना संक्रमितको संख्या बढेसँगै देशभर अक्सिजनको माग बढेपछि अक्सिजन उद्योगमा असुरक्षा बढेको भन्दै उद्योगहरुले सरकारसँग सुरक्षा माग गरेका थिए । उद्योग मन्त्रालयले सुरक्षा माग गरेको हुनाले प्रहरी खटाउने निर्णय भएको र सोहीअनुसार परिपत्र गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अक्सिजन उद्योगको सुरक्षाका लागि आग्रह गरेपछि गृह मन्त्रालयले प्रहरी खटाउने निर्णय गरेको हो ।

यो निर्णयसंगै देशैभरका उद्योगमा प्रहरीले सुरक्षा दिने निश्चित भएको छ । अक्सिजन उद्योग भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उद्योगले मागे बमोजिमको सुरक्षाकर्मी उपलब्ध गराउन परिपत्र समेत गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

गृह मन्त्रालयको निर्णयपछि अक्सिजन उद्योगहरुमा प्रहरी पुग्ने क्रममा रहेको उद्योग विभागले जनाएको छ । केही उद्योगमा प्रहरी पुगिसकेको र केहीमा पुग्ने क्रममा रहेको छ ।

अक्सिजनको माग बढेका कारण उद्योगको असुरक्षा बढेको तथा वितरण प्रणालीमा उद्योगलाई नटेर्ने प्रवृत्ति बढेपछि त्यसलाई समन्वय गर्न पनि प्रहरी परिचालन गर्नुपरेको हो ।
संघका अनुसार हाल देशभर काठमाडौं उपत्यकामा ८ सहित २० वटा अक्सिजन उद्योग सञ्चालनमा छन् ।

अहिलेकै अवस्था रहिरहे अक्सिजन खोस्ने अवस्था आउने देखिएपछि उद्योग मन्त्रालयसंग सुरक्षाको प्रबन्ध गर्न माग गरेको नेपाल अक्सिजन उत्पादक संघले जनाएकोछ ।

अक्सिजन उद्योगको सुरक्षामा खटिने प्रहरीले वितरणलाई प्रभावकारी बनाउने, उद्योगका कार्मचारीको मनोबल बढाउने तथा समग्र उद्योगको सुरक्षा हेर्नेछ ।