निषेधाज्ञा अवधिमा कर्जा तिर्न नसके जरिवाना नलाग्ने, लिलामी पनि नहुने


निषेधाज्ञा अवधिमा कर्जा तिर्न नसके जरिवाना नलाग्ने, लिलामी पनि नहुने

नेपालगन्ज ४ जेठ : कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि जारी निषेधाज्ञा अवधिभर कर्जा तिर्न नसके जरिवाना नलाग्ने भएको छ ।

राष्ट्र बैंकले मङ्गलबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै, कोरोना संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने राष्ट्र बैंकले जनाएको छ ।